नेभिगेशन
समाज

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

काठमाडौँ । प्रहरीको सर्वोच्च पदमा बसेको व्यक्तिको आँखामा आँसु विरलै देखिन्छ । तर बिहीबार गृहमन्त्रालयमा आइजीपीको फुली लगाएपछि दानबहादुर कार्कीको आँखा आँशुले भरियो र गला अवरुद्ध भयो । यो सफलता वा हर्षको आँशु थिएन । यो आँशु जनताको सेवा र सुरक्षाका खटिएका बेला वीरगति प्राप्त गरेका प्रहरीको सम्झनामा खसेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कात्तिक २६ गते राति १२ बजेबाट तत्कालिन प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङ ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकासमा गए । गृहमन्त्रालयले उनलाई २६ गते दिउँसो बिदाई गरिसकेको छ । 

Ncell
Extreme Energy

कात्तिक २७ गते बिहीबार गृह मन्त्रालयले नयाँ प्रहरी महानिरीक्षकलाई स्वागत गर्यो । गृहसचिवले प्रहरी महानिरिक्षकलाई दज्र्यानी चिन्ह लगाएर सुशोभित गर्ने नियम रहदै आएको छ । सोका लागि गृहमन्त्रालयले एक कार्यक्रमको आयोजना गरेको थियो । 

गृहसचिव रामेश्वर दंगालले नवनियुक्त आईजिपी दानबहादुर कार्कीलाई दज्र्यानी चिन्ह प्रदान गरे । कार्कीलाई मन्तब्यको लागि आग्रह गरियो । उनी आफ्ना भनाई राख्न थाले । जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् । 

सो सम्बोधनमा नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले सुदृढ नेतृत्वका साथ संगठनको मनोबल बढाउँदै जनताको अपेक्षा अनुरुप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पेशागत अनुशासनभित्र रहेर पारदर्शी रुपमा नागरिकप्रति उत्तरदायी भएर काम गर्ने बताए । कार्कीले देशमा सुशासन कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन गराउने सरकारको अभिभारा र सुरक्षा चूनौतिको विद्यमानताप्रति आफु पूर्णरुपमा जानकार र सजक रहेको बताए । 

जेनजी आन्दोलन लगत्तैको सुरक्षा प्रतिकुलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराउँदै उनले छोटो समयमा प्रहरीका संरचना र सेवा पुनः स्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताए । 

कार्कीलाई कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । उनले औपचारिक रुपमा कात्तिक २७ अर्थात आजबाट प्रहरी नेतृत्व सम्हालेका हुन् । 

कार्की यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्वमा थिए । उनलाई भदौ २४ गते मात्रै प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागको प्रमुखबाट सरुवा गरी उनलाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको थियो । सोही दिन देशभर भएको जेनजी प्रदर्शनमा तत्कालिन ओली नेतृत्वको सरकार अपदस्थ भएको थियो ।

गुल्मीमा सामान्य परिवारमा जन्मिएका कार्की २०५४ चैत १८ गतेबाट इन्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०६६ मंसिर २६ गते डिएसपीमा बढुवा भएका थिए । त्यस्तै २०७४ साउन १९ मा उनी एसपीमा बढुवा भएका थिए भने २०७९ साउनमा एसएसपी बने । उनी २०८१ जेठ १३ गते डीआइजी बने । त्यसैगरी २०८२ बैशाख ११ गते उनी एआईजी बनेका थिए । अन्य कुनै परिस्थिति सृजना नभए उनी साढे दुई वर्ष आईजीपी पदमा बहाल रहनेछन् । 

त्यसो त जेनजी आन्दोलनपछि गिरेको प्रहरीको मनोबलका बिच चुनाब गराउनुपर्ने अभिभारा बोकेर प्रहरीको नेतृत्व गर्न आएका कार्कीको आगामी बाटो सहज भने छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।