नेभिगेशन
सबै कुरा

त्रिकोणात्मक टी–२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, २९ असोज । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । 

छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल र गुल्सन झा प्रतिश जिसी, करण केसी, सन्दीप जोरा, श्याम ढकाल ९मौसम०, ललितनाराण राजवंशी, विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् । 

City Express

उक्त प्रतियोगितामा सन्दीप लामिछाने भने हुने छैनन् । उनले आफू मानसिक दबाबमा रहेको र परिवारलाई समय दिने भन्दै आफ्नो नाम यसअघि नै फिर्ता लिएका थिए । प्रतियोगिता आगामी कत्तिक १ देखि १० गतेसम्म मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यिलयको क्रिकेट मैदानमा हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ गरी तीन टोलीको सहभागिता हुनेछ । 

नेपालले कात्तिक १ गते युएईसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली क्रिकेट खेलाडीले प्राप्त गरे युएईको भिसा

नेपाली क्रिकेट खेलाडीले प्राप्त गरे युएईको भिसा

नेपाल क्रिकेट संघको आयोजनामा सेप्टेम्बर २७ देखि ३० सम्म युएईमा नेपाल र वेस्ट इन्डिजबीच युनिटी कप टि–२० इनटरनसनल हुँदैछ । तर पछिल्लो समय नेपालमा भएको जेनजी आन्दोलनपछि युएइले...
‘प्रधानसेनापति ट्रफी २०८२’ मंगलबार देखि सुरु

‘प्रधानसेनापति ट्रफी २०८२’ मंगलबार देखि सुरु

उद्घाटन खेलका रूपमा पुरुषतर्फ एक हजार ५०० मिटर र महिलातर्फ ८०० मिटर दौड आयोजना गरिएको मा पुरुषतर्फ सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पालले यसअघि सङ्गठनका नाममा कायम रहेको रेर्कड तोड्दै...
नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने

नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने

यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा मार्फत एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका...
साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।