नेभिगेशन
सबै कुरा

नयाँ पुस्तालाई हामीले देशमै आकर्षित गर्न गाह्रो परिरहेको तथ्यहरूले देखाइरहेकाे छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडाैँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्तालाई देशमै आर्कषित गर्न नसकिएको बताएकी छिन् । अरुणोदय माध्यमिक विद्यालय चरम्बी भोजपुरको ६०औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित अरुणोदय स्मारिका २०८१ लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयको इतिहास, यात्रा संघर्ष र भावी कार्यदिशा समेटिएको दस्तावेज पनि लोकार्पण गरेकी थिइन। लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले देश विकासको मेरुदण्ड शिक्षा नै भएको बताउँदै शिक्षा विकास अबको मुख्य प्राथमिकता हुनुपर्ने बताइन् । पछिल्लो समय नेपालको शिक्षा क्षेत्र बरालिएको महसुस हुन थालेको बताएकी उनले शिक्षा राष्ट्र निर्माणको मूल खम्बा हुनुपर्ने बताइन् । 

Ncell
Extreme Energy

माध्यमिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरण अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने भन्दै उनले अरुणोदय मावि नमुना विद्यालयका रूपमा स्थापित भएकामा बधाई दिइन् । 

उच्च शिक्षा पूरा गर्न नपाउँदै बिदेसिनेको लर्को लागिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘अहिले हाइस्कुल पास गरेपछि हाम्रो नयाँ पुस्तालाई हामीले देशमा आकर्षित गर्न अलि गाह्रो परिरहेको तथ्यहरूले देखाइरहेका छन् । हिजो जुन आवश्यकताले हाइस्कुलहरू वा स्कुलहरू गाउँमा खोलेका थियौँ, अहिले तिनीहरू शून्य–शून्य जस्तो हुँदै छन् ।’

स्मारिकाका प्रधानसम्पादक देवीप्रसाद घिमिरेले सञ्चालन गरेको कार्यक्रममा देशका उच्च ओहोदामा पुगेका विद्यालयका विभिन्न पूर्वविद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो । अरूणोदयका पूर्वविद्यार्थीहरू नेपाल सरकारका सचिव लोकराज पराजुली, फ्रान्सका लागि पूर्व नेपाली राजदूत दीपक अधिकारी, पूर्व अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल, उपसचिव योगेश पराजुलीलगायतलाई अरूणोदय गौरव सम्मान गरिएको थियो । यस्तै, हालसालै प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका पूर्वविद्यार्थी प्रभुप्रसाद ढकाललाई सम्मानसहित बधाई ज्ञापन गरिएको थियो । 


कोसी प्रदेश, भोजपुर जिल्लाको अरुण गाउँपालिका–४ चरम्बीमा रहेको अरुणोदय माविले स्थापनाको ६०औँ वर्ष पूरा गरेको अवसरमा ‘इतिहासको अभिलेखन, भविष्यको मार्गदर्शन’ भन्ने मूल उद्देश्य राखेर ५१२ पृष्ठको स्मारिका प्रकाशन गरेको हो । विभिन्न ४ खण्डमा विभाजन गरी विद्यालय स्थापनाको पृष्ठभूमि, विकास र विस्तारको क्रमसँगै पूर्वविद्यार्थी, पूर्वशिक्षक, स्थानीय अग्रज, शिक्षासेवीसहित १०० जनाभन्दा बढीको अनुभव समेटिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।