नेभिगेशन
सबै कुरा
ललितानिवास प्रकरण

ललिता निवास जग्गा प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस

७ भदौ काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुझाएको रायसहितको प्रतिवेदनमा २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । सीआईबीले प्रतिवादी बनाउन सिफारिस गरेकामध्ये २१ जनाको भने मृत्यु भइसकेको पाइएको छ । उनीहरुको हकमा सम्पत्तिबाट बिगो भराउन सीआईबीले राय दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सीआईबीले मंगलबार ललितानिवास प्रकरणको राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । 

Ncell
Extreme Energy

सिआईबीले यो प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधव कुमार नेपालसँग पनि बयान लिएको थियो । तर उनीहरुलाई भने सीआईबीले प्रतिवादी बनाउनुपर्ने राय दिएको छैन । 

यद्यपी सीआईबीले  भूमि सुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव रवीन्द्रमान जोशी,  दिनेशहरि अधिकारी, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव युवराज भुसाल, पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह लगायतलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । 

अनुसन्धान सीआईबीले गरेपनि मुद्दा अभियोजन गर्ने अधिकार भने सरकारी वकिलको कार्यालयलाई हुन्छ । सरकारी वकिलको कार्यालयले हाल उक्त प्रतिवेदन अध्ययन गरिरहेको छ । कर्यालयले केही दिन भित्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।