नेभिगेशन
बैंक वित्त

मधेश प्रदेशमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले मधेश प्रदेश अन्तर्गत बारा र पर्सामा कार्यक्रम सञ्चालन गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष गरी विप्रेषण प्रापक र सम्भावित वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । 

Ncell
Extreme Energy

बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १५ स्थित डुमरवानामा २१ माघमा र पर्साको वीरगञ्ज महानगरपालिका–३१ बेलवास्थित नौकाटोलामा २२ माघमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

बिफक्याप नेपालको व्यवस्थापनमा सञ्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा डुमरवानामा ५१ जना र नौकाटोलामा ५२ जना गरी कुल १०३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूलाई नेपाल राष्ट्र बैंकका सुमनराज सुवेदीले प्रशिक्षण दिएका थिए ।


कार्यक्रमले लक्षित वर्गलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरणमा योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।


कार्यक्रममा वित्तीय सेवासम्बन्धी ज्ञान, बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानी, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, विप्रेषण पठाउने माध्यम, बचत र लगानी, गुनासो व्यवस्थापन लगायत विषयमा जानकारी दिइएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बैंक वित्त
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ ।