नेभिगेशन
सबै कुरा
कैद माफी मिनाहा प्रकरण :

हत्या प्रयास गर्ने अभियुक्त माफी पाएर गाउँ फर्किए, पीडितले अदालतले भनेको उपचार खर्च समेत पाएनन्

जुम्ला :  संविधान दिवसका दिनका राष्ट्रपति रामचन्द्र पौडेलले ६७० कैदीको कैद कट्टा तथा माफी मिनाहा गरे । नेपालगञ्जका रिगल भनिने योगराज ढकालहरूले कैद माफी पाएकोमा सर्वत्र विरोध भैरहेको छ। सोही दिन राष्ट्रपतिबाट कैद माफी पाउनेमा जुम्लाको तातोपानी ६ का मिथुन खड्का पनि थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

आफ्नै गाउँका सुरेन्द्र केसीको हत्या प्रयास गरेको कसुरमा कैद सजाय भोगिरहेका मिथुन पुरा सजाय नै नकाटी रिहा भए । मिथुनले हत्या प्रयास गरेको सुरेन्द्रले अहिलेसम्म उपचार गर्न सकेका छैनन् तर मिथुन माफि पाएर गाउँ फर्किएका छन् ।


तस्विर: राष्ट्रपतिबाट कैद माफी पाएका सुरेन्द्र केसीको हत्या प्रयास गर्ने मिथुन खड्का

२०७६ पुसमा जुम्लाको तातोपानी ६ का सुरेन्द्रलाई सोही गाउँका मिथुनले राति ८ बजे खुकुरी प्रहार गरे ।

सुरेन्द्रको टाउको र गर्धनमा गम्भिर चोट लाग्यो । मिथुनले सुरेन्द्रका हातका दुई वटा औँला काटिदिए । त्यसपछि बेहोस भएका सुरेन्द्रलाई मरेको ठानेर खेत फालिदिए । पछि स्थानीयले उद्धार गरेर अस्पताल पुर्याएका सुरेन्द्र बाँचे ।

१८ दिनसम्म जुम्ला अस्पताल उपचार गराएका सुरेन्द्रले ६ महिना काठमाडौँको ट्राम सेन्टरमा उपचार गराएपछि केही समय अघि मात्रै गाउँ फर्किएका थिए । अहिले पनि उनको दायाँ हात चल्दैन ।

उनको उपचारमा लाखौ ऋण लागेपछि ऋण तिर्न सुरेन्द्रका बाबुआमा भारत पुगेका छन् । जुम्ला र काठमाडौँमा उपचार गर्दा उनको १५ लाख बढी सकिएको छ । सुरेन्द्र माथि आक्रमण गर्ने स्थानीय मिथुन खड्कालाई जुम्ला जिल्ला अदालतले ज्यान मार्ने उद्योगको कसुरमा ६ वर्ष जेल सजाय र पीडितलाई ३ लाख उपचार खर्च भराउन आदेश दियो ।

उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो । तर घटना भएको ३ वर्ष हुँदा पनि मिथुनले सुरेन्द्रलाई उपचार खर्च भरेका छैनन् । बरु ६ वर्ष कैद तोकेका मिथुन, ३ वर्षमै रिहा भएका छन् ।

आफूलाई आक्रमण गर्ने मिथुन ३ वर्षमै गाउँ फर्किएपछि सुरेन्द्र सुर्खेत झरेका छन् । उनले उपचार खर्चका लागि भनेर पाउने भनिएको ३ लाख अझै पाएका छैनन् । जुम्ला कारागारका जेलर गयाप्रसाद पाण्डेले भने उनले उपचार खर्च बापत बैंकको चेक दिएकाले रिहा गर्न सिफारिस गरेको बताउँछन् । जेलर पाण्डेले भनेको चेक अहिलेसम्म सुरेन्द्रले पाएका छैनन् ।

साथै उनको काठमाडौँमा उपचारमा खर्च भएको थप रकमका लागि उच्च अदालतमा पेश गर्न बुझाएका बिल भौचर समेत अदालतमा पेश नभएको सुरेन्द्रको गुनासो छ । उनी भन्छन् सबै बिल प्रहरीलाई बुझाए, अहिले न प्रहरीसँग छ न अदालतमा पेश भएको छ ।

अदालतले आदेश गरेको ३ लाख पनि पाएको छैन । सुरेन्द्र थप्छन्, 'मलाई खुकुरी हानेर खेतमा फाल्ने मान्छे ३ वर्षमै छुटेर गाउँ फर्कियो, म असुरक्षित भए बरु अब मलाई जेल हाल्देऊ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।
तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

राप्रपाले तराई–मधेसमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरका रेखदेखकर्ताको रहस्यमय हत्याको कडा निन्दा गरेको छ । प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान...
सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?

प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको...