नेभिगेशन
सबै कुरा
कैद माफी मिनाहा प्रकरण :

हत्या प्रयास गर्ने अभियुक्त माफी पाएर गाउँ फर्किए, पीडितले अदालतले भनेको उपचार खर्च समेत पाएनन्

जुम्ला :  संविधान दिवसका दिनका राष्ट्रपति रामचन्द्र पौडेलले ६७० कैदीको कैद कट्टा तथा माफी मिनाहा गरे । नेपालगञ्जका रिगल भनिने योगराज ढकालहरूले कैद माफी पाएकोमा सर्वत्र विरोध भैरहेको छ। सोही दिन राष्ट्रपतिबाट कैद माफी पाउनेमा जुम्लाको तातोपानी ६ का मिथुन खड्का पनि थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Extreme Energy

आफ्नै गाउँका सुरेन्द्र केसीको हत्या प्रयास गरेको कसुरमा कैद सजाय भोगिरहेका मिथुन पुरा सजाय नै नकाटी रिहा भए । मिथुनले हत्या प्रयास गरेको सुरेन्द्रले अहिलेसम्म उपचार गर्न सकेका छैनन् तर मिथुन माफि पाएर गाउँ फर्किएका छन् ।


तस्विर: राष्ट्रपतिबाट कैद माफी पाएका सुरेन्द्र केसीको हत्या प्रयास गर्ने मिथुन खड्का

२०७६ पुसमा जुम्लाको तातोपानी ६ का सुरेन्द्रलाई सोही गाउँका मिथुनले राति ८ बजे खुकुरी प्रहार गरे ।

सुरेन्द्रको टाउको र गर्धनमा गम्भिर चोट लाग्यो । मिथुनले सुरेन्द्रका हातका दुई वटा औँला काटिदिए । त्यसपछि बेहोस भएका सुरेन्द्रलाई मरेको ठानेर खेत फालिदिए । पछि स्थानीयले उद्धार गरेर अस्पताल पुर्याएका सुरेन्द्र बाँचे ।

१८ दिनसम्म जुम्ला अस्पताल उपचार गराएका सुरेन्द्रले ६ महिना काठमाडौँको ट्राम सेन्टरमा उपचार गराएपछि केही समय अघि मात्रै गाउँ फर्किएका थिए । अहिले पनि उनको दायाँ हात चल्दैन ।

उनको उपचारमा लाखौ ऋण लागेपछि ऋण तिर्न सुरेन्द्रका बाबुआमा भारत पुगेका छन् । जुम्ला र काठमाडौँमा उपचार गर्दा उनको १५ लाख बढी सकिएको छ । सुरेन्द्र माथि आक्रमण गर्ने स्थानीय मिथुन खड्कालाई जुम्ला जिल्ला अदालतले ज्यान मार्ने उद्योगको कसुरमा ६ वर्ष जेल सजाय र पीडितलाई ३ लाख उपचार खर्च भराउन आदेश दियो ।

उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो । तर घटना भएको ३ वर्ष हुँदा पनि मिथुनले सुरेन्द्रलाई उपचार खर्च भरेका छैनन् । बरु ६ वर्ष कैद तोकेका मिथुन, ३ वर्षमै रिहा भएका छन् ।

आफूलाई आक्रमण गर्ने मिथुन ३ वर्षमै गाउँ फर्किएपछि सुरेन्द्र सुर्खेत झरेका छन् । उनले उपचार खर्चका लागि भनेर पाउने भनिएको ३ लाख अझै पाएका छैनन् । जुम्ला कारागारका जेलर गयाप्रसाद पाण्डेले भने उनले उपचार खर्च बापत बैंकको चेक दिएकाले रिहा गर्न सिफारिस गरेको बताउँछन् । जेलर पाण्डेले भनेको चेक अहिलेसम्म सुरेन्द्रले पाएका छैनन् ।

साथै उनको काठमाडौँमा उपचारमा खर्च भएको थप रकमका लागि उच्च अदालतमा पेश गर्न बुझाएका बिल भौचर समेत अदालतमा पेश नभएको सुरेन्द्रको गुनासो छ । उनी भन्छन् सबै बिल प्रहरीलाई बुझाए, अहिले न प्रहरीसँग छ न अदालतमा पेश भएको छ ।

अदालतले आदेश गरेको ३ लाख पनि पाएको छैन । सुरेन्द्र थप्छन्, 'मलाई खुकुरी हानेर खेतमा फाल्ने मान्छे ३ वर्षमै छुटेर गाउँ फर्कियो, म असुरक्षित भए बरु अब मलाई जेल हाल्देऊ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

शुभकामना सन्देशमा सभापति लामिछानेले भनेका छन्– ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले  एउटै कुरा भन्छ की हामी सक्छौं।’
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् ।