नेभिगेशन
सबै कुरा

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिँदै

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन्। उनको विश्वासको मतका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बस्दै छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले विश्वासको मत लिनुअघि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक पनि बस्दै छ । दलको निर्णय नमानी नेकपा एमालेसँग मिलेर सरकार गठन गरेपछि काकीले विश्वासको मत लिनुअघि नै कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । 

Ncell
Extreme Energy

कार्की नेपाली कांग्रेसका ८ सांसदसहित नेकपा एमालेका एमालेका ३९ सांसदको समर्थनमा शनिबार मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ५ दिनमै उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। अहिलेसम्मको अङ्कगणित हेर्दा कोशीमा कार्कीले विश्वासको मत पाउने निश्चितप्राय छ । 

तर कार्कीले विश्वासको मत लिनुअघि माओवादी केन्द्रलगायत केन्द्रीय गठबन्धनका अन्य दललाई पनि कोशी सरकारमा भित्र्याए आफूहरुले विश्वासको मत नदिने र सरकारबाट बाहिरिने एमालेले बताउँदै आएको छ । 

त्यसो भनिरहँदा उता केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलले पनि कार्कीलाई विश्वासको मत दिने बताइसकेका छन्। 

कोशी प्रदेशसभामा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ जना सांसद छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।