नेभिगेशन
सबै कुरा

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिँदै

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन्। उनको विश्वासको मतका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बस्दै छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले विश्वासको मत लिनुअघि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक पनि बस्दै छ । दलको निर्णय नमानी नेकपा एमालेसँग मिलेर सरकार गठन गरेपछि काकीले विश्वासको मत लिनुअघि नै कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । 

Extreme Energy

कार्की नेपाली कांग्रेसका ८ सांसदसहित नेकपा एमालेका एमालेका ३९ सांसदको समर्थनमा शनिबार मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ५ दिनमै उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। अहिलेसम्मको अङ्कगणित हेर्दा कोशीमा कार्कीले विश्वासको मत पाउने निश्चितप्राय छ । 

तर कार्कीले विश्वासको मत लिनुअघि माओवादी केन्द्रलगायत केन्द्रीय गठबन्धनका अन्य दललाई पनि कोशी सरकारमा भित्र्याए आफूहरुले विश्वासको मत नदिने र सरकारबाट बाहिरिने एमालेले बताउँदै आएको छ । 

त्यसो भनिरहँदा उता केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलले पनि कार्कीलाई विश्वासको मत दिने बताइसकेका छन्। 

कोशी प्रदेशसभामा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ जना सांसद छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...