नेभिगेशन
सबै कुरा

जनताकाे साथ छ भन्ने भ्रम भए पार्टी खोलेर मैदानमा आउन पूर्वराजालाई माधव नेपालकाे चुनाैती

भक्तपुर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई ज्ञानेन्द्र शाहलाई राजनीतिक दल खोलेर चुनावमा आउन चुनौती दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्ला दिनहरु राजानिकट युवाहरुले देशव्यापी रुपमा राजा आउ देश बचाउ भन्दै नाराबाजी गर्ने गरेको साथै पूर्वराजा पनि अन्य दलका नेताहरुलाई गाली गर्दै हिँडेको कुरालाई इङ्गित गर्दै उनले बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा राजाप्रति आक्रोश व्यक्त गरेका हुन् । 

Ncell
Extreme Energy

 उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंशको शासन नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै हिम्मत, शाहस अनि जनताको साथ छ भन्ने भ्रम भए राजनीतिक दल खोलेर मैदानमा आउन चुनौती दिएका छन् । 

‘असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ । दुःख उठाउन कहिले जानेको छैन, सुखमा जन्मियो, हुर्कियो, अनि जनतालाई भ्रममा राख्ने कोशिस सफल हुनेछैन’, अध्यक्ष नेपालले भने, ‘कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन । भक्तपुरमा यो आवाज अझै गुञ्जाउनुपर्छ, किनभने भक्तपुरबाट नै संकेत दिन खोजियो । झापाले त्यो आवाज उठाउनुपर्छ, झापाले नि संकेत दिन खोज्यो । अस्ति भएको निर्वाचन आफैँमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए ।’

त्यस्तै उनले विगतमा राजाहरुले गरेको प्रतिगमन पुन नेपाली जनतालाई स्वीकार्य नहुने र त्यसप्रति नेपाली जनता सचेत हुनुपर्ने बताए । उनले भने,‘ ‘विगतमा उनीहरूले कसरी यो मुलुक चलाएका थिए, तिनीहरूका पनि हामीलाई एकएक कुराहरू सबै थाहा छ । त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्वप्रति सबै होशियार हुनुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।