नेभिगेशन
सबै कुरा

एनआरएनएको ११ औँ अधिवेशनमा २३ जना निर्विरोध निर्वाचित

काठमाडौँ : काठमाडौँमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ अधिवेशनअन्तर्गत २३ जना निर्विरोध निर्वाचित भएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्विरोध निर्वाचित हुनेमा अफ्रिका क्षेत्रीय संयोजकमा पुष्पराज भट्टराई, ओसियाना क्षेत्रको कोर्डिनेटरमा अस्ट्रेलियाका दिनेश पोखरेल, उपसंयोजकमामा अस्ट्रेलियाका अरुणकुमार ठाकुर, गोकुलप्रसाद घिमिरे र कोमल राज पाठक ,अमेरिकाको उपसंयोजकमा गोविन्द सुवेदी, पूर्णचन्द्र बानियाँ, सञ्जयकुमार श्रेष्ठ, अफ्रिका महिला संयोजकमा खेसना लिम्बु, अमेरिकाको संयोजकमा इन्द्रिया त्रिपाठी, मध्यपूर्व संयोजकमा बहराइनकी लक्ष्मी गिरी, ओसियाना संयोजक रेणुका लामा रहेका छन् ।

Extreme Energy

युरोपको सहसंयोजकमा भावानी तिवारी, मध्यपूर्वमा सरिता भण्डारी पौडेल निर्विरोध निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै  युवा संयोजकमा अमेरिकाका लागि स्वराज खत्री, एसिया प्यासेफिकका लागि विकास बस्नेत, युरोपक लागि प्रकाश भण्डारी, मध्यपूर्वका निरञ्जनप्रसाद सिलवाल,ओरियानामा सूर्य आचार्य निर्विरोध निर्वाचित भएका छन् । 

अमेरिकाका लागि विशाल राना, एसिया प्यासेफिक नारायण खड्का, मध्यपूर्वका कृष्णकुमार ठाकुर पनि निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै ८ वटा पदका लागि भने उम्मेदवारी नै परेको छैन ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...