नेभिगेशन
सबै कुरा

त्रिदेशीय टी–२० सिरिज : युएईमाथि नेपालको जीत

काठमाडाैँ : त्रिदेशीय टी–२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। बुधबार मुलपानी मैदानमा युएईलाई ७ विकेटले हराउँदै नेपालले विजय हात पारेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युएईले पुरै २० ओभरमा दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्दै जित हात पारेको हो ।

Extreme Energy

नेपालको जीतमा कप्तान रोहित पौडेलले अवीजित ५१ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए ।  पौडेलले ४० बलमा ५ चौकाको मद्दतले नेपालका लागि सर्वाधिक ५१ रन बनाए भने उनका साझोदारी दिपेन्द्र सिंह ऐरीले समेत ३४ रन बनाए

त्यस्तै आसिफ शेखले २३, कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन जोडेर आउट भए ।
टस जितेर फिल्डिङ् रोजेको नेपालसँग पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । 
जहाँ बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेको थिए भने अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर समेत छुन सकेनन् ।

त्यस्तै सिरिजमा नेपालले भोलि हङकङसँग खेल्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमै भेट्टायो ।
एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

शुभकामना सन्देशमा सभापति लामिछानेले भनेका छन्– ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले  एउटै कुरा भन्छ की हामी सक्छौं।’