नेभिगेशन
सबै कुरा

चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुन्छ : प्रधानमन्त्री दाहाल

मुस्ताङ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले बुधबार जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराए । “मुुस्ताङको कोरलालगायत नाकाको सिमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ,” उनले भने “कोरला नाकाको नेपालतर्फ भौतिक पूर्वाधार निर्माणमा चीनले सघाउने मेरो भ्रमणका क्रममा सहमति भएको थियो ।”

Extreme Energy

प्रधानमन्त्री दाहालले कार्यक्रम अघि हेलिकप्टरबाट कोरला नाका, लोमान्थाङ, मुक्तिनाथ र गत साउनको बाढीले क्षति पुगेको कागबेनी निरीक्षण गरे । कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिलाई पूूर्णता दिन सरकारले प्राथमिकता दिएको पनि उनले बताए । नेपालको प्रमुख चुनौतीका रूपमा रहेको भ्रष्ट्राचारविरुद्ध सरकारले थालेको शुसासनको अभियान नरोकिने पनि प्रधानमन्त्री दाहालले बताए । गठबन्धनले पाँचै वर्ष सरकार चलाउने बताउँदै उनले सत्ता बाहिर रहँदा केही नेताहरुलाई छटपटी भएकोसमेत टिप्पणी गरे । 

कार्यक्रममा उक्त पार्टीका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेल, प्रदेश अध्यक्ष गायत्री गुुरुङले तीन महिने जनतासँग अभियानले माओवादीलाई जनतामा फर्काएको र जनताको समस्या समाधानसँगै सङ्गठन निर्माणमा उत्साह छाएको बताए । कार्यकर्ता भेलाअघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आजै जोमसोममा आयोजना गरेको ‘सरोकारवालासँग जलवायु संवाद’ कार्यक्रममा पनि सहभागी थिए । 

प्रधानमन्त्री दाहाल समक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्या समाधान गर्न माग गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...