नेभिगेशन
सबै कुरा

उपप्रधानमन्त्री खड्का र लेवनानका लागि नेपालका अवैतानिक वाणिज्य दूत गोउजायलबीच भेट

७ भदौ, काठमाडौं ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग लेवनानका लागि नेपालका अवैतानिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलबीच शिष्टाचार भेट भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवसरमा उपप्रधानमन्त्री खड्काले दुई देशबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै नेपाल र लेवनानबीच असल सम्बन्ध रहेको र शान्ति स्थापनार्थ युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेवनान (युनिफिल) मिशनमा नेपाली शान्ति सैनिकहरु लेवनानमा तैनाथ भई लेवनानको शान्ति प्रकृयामा योगदान पुर्‍याउन पाएकोमा खुशी व्यक्त गरे । 

Ncell
Extreme Energy

साथै, नेपाल र लेवनान दुवै मुलुक प्रकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवम् धनी रहेको र पर्यटन उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने धेरै संम्भावनाहरु भएकाले पर्यटन एवम् अन्य क्षेत्रमा लेवनानको तर्फबाट लगानीका लागि आह्वान समेत गरेका छन् । 

उपप्रधानमन्त्री खड्काले  सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथीबाट संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा पहिलो पटक नेपाली सेना शान्ति सैनिकको रुपमा सहभागी भई शान्ति स्थापना कार्यको यात्रालाई सुरुवात गरेकोले नेपाली सेनाको इतिहासमा कोसेढुङ्गा सावित भएको बताउनु भयो । 

सन् १९७८ देखि युनिफिल मिसन अन्तर्गत हालसम्म ५० हजारभन्दा बढी शान्ति सैनिकहरु तैनाथी भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । साथै हाल ८७५ जना शान्ति सैनिकहरु लेबनानमा तैनाथ रही आफ्नो जिम्मेवारी वहन गरिरहेको उहाँको भनाइ छ । 

उपप्रधानमन्त्री खड्काले नेपाली सेनाका प्रधानसेनापतिको नेतृत्वमा भएको पछिल्लो भ्रमण पनि यसैको निरन्तरता रहेको र भविष्यमा समेत यसलाई निरन्तरता दिइने कुरा उल्लेख गरे । 

 सो अवसरमा नेपालका लागि लेवनानका अवैतनिक वाणिज्य दूत  एल्चेइख मोहमेदविसाम गोउजायलले लेवनानमा नेपाली शान्ति सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकप्रति लेवनानी जनताको सकारात्मक भावना रहेको बताए । 

उनले दुई देशबीच पर्यटन, उद्योग, जलश्रोत लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको र आफूले त्यसका लागि कार्य गरिरहेको बताएका छन् । दुई देशबीच द्विपक्षीय श्रम, उद्योग, वाणिज्य, व्यवस्थापकीय लगायतका क्षेत्रमा द्विपक्षीय समझदारी गर्ने कार्य लेवनानको तर्फबाट अघि बढाएकाले नेपालको तर्फबाट ती विषयहरु शीघ्र टुङ्गोमा पुर्‍याउन भूमिका निर्वाह गर्न उपप्रधानमन्त्री तथा रक्षा मन्त्री खड्कालाई अनुरोध गरे ।  

भेटघाट कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै, नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने

सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने

विधेयकमार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ । सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास...
नेपाल-भारत पारस्परिक सहायता सम्झौता संसद्‌मा पेस, विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सहज हुने

नेपाल-भारत पारस्परिक सहायता सम्झौता संसद्‌मा पेस, विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सहज हुने

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पेस गरेकी हुन् । सम्झौता संसद्‌मा पेस गर्दै मन्त्री गौतमले यो सम्झौतापछि भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको...
अरुलाई भन्दा धेरै जनताको समर्थन मलाई  छः  महावीर पुन

अरुलाई भन्दा धेरै जनताको समर्थन मलाई छः महावीर पुन

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पुनले अरु पार्टीका सांसदलाई भन्दा आफूलाई कम समय दिइएकोप्रति आपत्ति जनाए । ‘अरुलाई भन्दा मलाई समर्थन बढी छ, त्यसैले मलाई कम समय दिइएको...
ज्ञानेन्द्र शाहीले भने– अहिलेको नीति कार्यक्रम २०८१ को नीति कार्यक्रमसँग हुबहु

ज्ञानेन्द्र शाहीले भने– अहिलेको नीति कार्यक्रम २०८१ को नीति कार्यक्रमसँग हुबहु

प्रतिनिधिसभाको आजको बैठकमा शाहीले भने– ‘२०८३ सालको नीति तथा कार्यक्रम र २०८१ सालको नीति तथा कार्यक्रम हुबहु छ । २०८१ सालको २१७ बुँदाको छ, यो १०० बुँदाको छ,...