नेभिगेशन
सबै कुरा

उपप्रधानमन्त्री खड्का र लेवनानका लागि नेपालका अवैतानिक वाणिज्य दूत गोउजायलबीच भेट

७ भदौ, काठमाडौं ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग लेवनानका लागि नेपालका अवैतानिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलबीच शिष्टाचार भेट भएको छ । 

सो अवसरमा उपप्रधानमन्त्री खड्काले दुई देशबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै नेपाल र लेवनानबीच असल सम्बन्ध रहेको र शान्ति स्थापनार्थ युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेवनान (युनिफिल) मिशनमा नेपाली शान्ति सैनिकहरु लेवनानमा तैनाथ भई लेवनानको शान्ति प्रकृयामा योगदान पुर्‍याउन पाएकोमा खुशी व्यक्त गरे । 

City Express

साथै, नेपाल र लेवनान दुवै मुलुक प्रकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवम् धनी रहेको र पर्यटन उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने धेरै संम्भावनाहरु भएकाले पर्यटन एवम् अन्य क्षेत्रमा लेवनानको तर्फबाट लगानीका लागि आह्वान समेत गरेका छन् । 

उपप्रधानमन्त्री खड्काले  सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथीबाट संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा पहिलो पटक नेपाली सेना शान्ति सैनिकको रुपमा सहभागी भई शान्ति स्थापना कार्यको यात्रालाई सुरुवात गरेकोले नेपाली सेनाको इतिहासमा कोसेढुङ्गा सावित भएको बताउनु भयो । 

सन् १९७८ देखि युनिफिल मिसन अन्तर्गत हालसम्म ५० हजारभन्दा बढी शान्ति सैनिकहरु तैनाथी भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । साथै हाल ८७५ जना शान्ति सैनिकहरु लेबनानमा तैनाथ रही आफ्नो जिम्मेवारी वहन गरिरहेको उहाँको भनाइ छ । 

उपप्रधानमन्त्री खड्काले नेपाली सेनाका प्रधानसेनापतिको नेतृत्वमा भएको पछिल्लो भ्रमण पनि यसैको निरन्तरता रहेको र भविष्यमा समेत यसलाई निरन्तरता दिइने कुरा उल्लेख गरे । 

 सो अवसरमा नेपालका लागि लेवनानका अवैतनिक वाणिज्य दूत  एल्चेइख मोहमेदविसाम गोउजायलले लेवनानमा नेपाली शान्ति सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकप्रति लेवनानी जनताको सकारात्मक भावना रहेको बताए । 

उनले दुई देशबीच पर्यटन, उद्योग, जलश्रोत लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको र आफूले त्यसका लागि कार्य गरिरहेको बताएका छन् । दुई देशबीच द्विपक्षीय श्रम, उद्योग, वाणिज्य, व्यवस्थापकीय लगायतका क्षेत्रमा द्विपक्षीय समझदारी गर्ने कार्य लेवनानको तर्फबाट अघि बढाएकाले नेपालको तर्फबाट ती विषयहरु शीघ्र टुङ्गोमा पुर्‍याउन भूमिका निर्वाह गर्न उपप्रधानमन्त्री तथा रक्षा मन्त्री खड्कालाई अनुरोध गरे ।  

भेटघाट कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै, नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...