नेभिगेशन
सबै कुरा

सशस्त्र प्रहरीको हल्चोक पेट्रोल पम्पले बेच्यो मूल्यभन्दा कम डिजेल, अनुगमन टोलीद्वारा सिल

काठमाडाैँ : मूल्यअनुसार जति डिजेल बेच्नुपर्ने हो त्यो भन्दा कम बेचेको पाइएपछि सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्प सिल गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि पेट्रोल पम्पहरूको अनुगमनमा गएको रेपिड रेस्पोन्स टिमको टोलीले मूल्यअनुसार जति डिजेल बेच्नुपर्ने हो त्यो भन्दा कम बेचेको पाइएपछि पम्प सिल गरिएको हो। 

Extreme Energy

प्रधानमन्त्री प्रचण्डको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायका उच्चपदस्थ कर्मचारीको सहभागिता अनुगमनमा जाँदा उक्त पेट्रोल पम्पले सर्वसाधारणमाथि ठगी गरेको पाइएको हो । 

सोही टोलीले मंगलबार अनुगमनकै क्रममा तीनकुनेस्थित बाबा भ्याली पेट्रोल पम्प पनि सिलबन्दी गरेको थियो।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी...