नेभिगेशन
सबै कुरा

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह जुवा खालबाट पक्राउ

मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन (मोहन थकाली) पोखरामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय, बैदामको टोलीले बिहीबार पोखरा ८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा गाउँपालिका अध्यक्ष लालचन पनि छन् । उनको साथबाट प्रहरीले ५६ हजार ७५० रुपैयाँ बरामद गरेको छ ।

Extreme Energy

जुवा खालबाट अध्यक्ष लालचनसहित होटल सञ्चालक घोरपझोङ २ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, सोही ठाउँका ४६ वर्षीय नबिनप्रसाद थकाली, पोखरा महानगरपालिका ८ सृजनाचोक बस्ने ६३ वर्षीय शंकर ज्वारचन, पोखरा ९ महेनद्रपुल बस्ने ५३ वर्षीय गुन्ज हिराचन, पोखरा १० रामबजार बस्ने ५२ वर्षीय राजु गुरुङ र रामबजार नै बस्ने ५९ वर्षीय दलबहादुर हिराचन पक्राउ परेका छन् । 

अध्यक्ष लालचन मुख्यमन्त्री कार्यालय, गण्डकीले गत ३ र ४ भदौमा पोखरामा गरेको नवप्रवर्तन साझेदारी कार्यक्रमको समीक्षा कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए ।

अध्यक्ष लालचन तास खेलिरहेको खालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ र ४ बुक तास बरामद गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।