नेभिगेशन
बैंक वित्त

नेपालबाट वैदेशिक अध्ययनका नाममा ७ महिनामै ६४ अर्ब १५ करोड विदेशियो

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो ।

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ ।


सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो ।

City Express

सो अवधिमा खुद सेवा आय रु ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब ३८ करोडले घाटामा थियो ।


सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात  प्रतिशतले वृद्धि भई रु ४९ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ४५ अर्ब ६८ करोड थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बैंक वित्त
जेन-जी आन्दोलनः भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख बीमा दावी

जेन-जी आन्दोलनः भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख बीमा दावी

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दावी भएको छ । प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा कूल ४० वटा बीमा दावी परेको छ...
गरिमा विकास बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्यो आफ्नै भर्चुअल क्रेडिट कार्ड

गरिमा विकास बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्यो आफ्नै भर्चुअल क्रेडिट कार्ड

गरिमा विकास बैंकक ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिंङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् । उक्त भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे को...
प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट डिजिटल SME बैंक’ उपाधि

प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट डिजिटल SME बैंक’ उपाधि

लण्डनस्थित Euromoney Limited ले प्रदान गर्ने यो पुरस्कारलाई विश्वकै प्रतिष्ठित बैंकिङ सम्मानमध्ये एक मानिन्छ। प्रभु बैंकले उद्यमीलाई सहज वित्तीय पहुँच, डिजिटल समाधान, आधुनिक प्रविधिको उपयोग र अनलाइन सेवामार्फत...
साउनमै थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण

साउनमै थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण

चालु आवको सुरुमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब दुई करोड वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको...