नेभिगेशन
समाज

माथिल्लो अरुण र अरुण चौथो परियोजनाको छलफलमा कुलमानलाई बाइपास

काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले सोमबार मन्त्रालयमा दुई ठूला परियोजनाबारे छलफल कार्यक्रम आयोजना गरे । आफ्नो भेग समेत पर्ने भएकाले मन्त्री खड्कालाई माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् परियोजनामा खास काम गरेको देखाउनु पर्ने बाध्यता छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, यति महत्वपूर्ण छलफलमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भने बाइपास गरिएको छ । आयोजनाबारेको मंगलबारको छलफलमा अप्पर अरुण हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक फणिन्द्र जोशी, प्राधिकरणका आयोजना विकास विभागका निर्देशक नसिवमान सिंहप्रधान र अप्पर अरुणका आयोजना प्रमुख रामचन्द पौडेल सहभागी थिए ।

Ncell
Extreme Energy

छलफलमा मन्त्री खड्काले आयोजना सहजीकरण गरेर छिट्टै निर्माण अघि बढाउनु पर्ने निर्देशन दिए । उनले सो परियोजनासँग धेरै मानिसको भरोसा जोडिएको पनि बताए । छलफलमा सहभागी एक सदस्यकाअनुसार मन्त्रीले आफ्नो ठाउँमा स्टन्ड गर्नका लागि आजको छलफल आयोजना गरेको सिधाकुरालाई बताए ।

‘हामीले मन्त्रीलाई भन्ने खासै केही कुरा नै हुन्न । कार्यकारी निर्देशकले भन्ने हो । मन्त्रीको निर्देशन पनि उनैमार्फत हामीलाई आउने हो,’ ति सदस्य भन्छन्, ‘कार्यकारी निर्देशकलाई नबोलाई हामीलाई मात्रै छलफलमा बोलाइएको थियो । हामीले सोधेका कुरा भन्यौँ । खासमा आजसम्मको प्रगतिको बारेमा बतायौँ ।’  

अर्का एक सहभागीकाअनुसार परियोजनाहरू बारेको छलफलमा यस अघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सहितका आवश्यक सदस्य बस्ने प्रचलन थियो । तर यसपटक मन्त्रीले चिसो सम्बन्धका कारणले कुलमानलाई नबोलाएको हुन सक्ने उनी बताउँछन् ।

‘कुलमान सरलाई जसरी पनि बर्खास्त गर्न हात धोएर लागेका मन्त्री खड्काले आजको छलफलमा उहाँलाई किन बोलाउँथे । काम देखाउनु पनि छ तर अधुरो र अपुरो स्टन्ड पनि जारी छ’ ति सदस्यले भने । प्राधिकरणकाअनुसार सो छलफलमा कार्यकारी निर्देशक घिसिङलाई निमन्त्रणा नै गरिएको थिएन । 
विश्व बैंकको ऋण सहयोगमा नेपालले निर्माण गर्न लागेको माथिल्लो अरुण १ हजार ६३ मेगावाटको परियोजना हो । नेपाली बैंक र विश्व बैंकसहितका वित्तिय संस्थाहरूको लगानीमा यो परियोजना निर्माण गर्न २०७९ सालमा सहमति बनेको थियो ।

परियोजनाको लागत २ खर्ब ८५ अर्ब रुपैयाँ नेपाली अनुमान गरिएको छ । यस्तै यसैको उप आयोजनाको रुपमा ४९० मेगावटको अरुण चौथो परियोजनाको पहिचान गरिएको छ । जसको लागत ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्‍यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्।
चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...