नेभिगेशन
मुख्य समाचार

मूल्य नपाउने पीरले दाङका किसानले खनेकै छैनन् अदुवा

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैन । 

गत वर्ष यही याममा रु ५५ देखि ६० प्रतिकिलो अदुवा बेचेका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ । बजार भाउ रु ३० देखि ३५ रहेका कारण अदुवा खन्ने जाँगर नलागेको उनले बताए ।

CG

अन्य कृषि बाली छोडेर अदुवा रोपेका थियो । तर यो वर्ष भाउ नपाउँदा निराश छन् । खड्काले भने, “यो वर्ष अदुवा बिक्रीबाट लगानी पनि नउठ्ने अवस्था छ, बजार भाउ नपाउँदा यो वर्ष अझै खनेको छैन ।” बेमौसमी वर्षाले पनि अदुवामा केही क्षति गरेको उनले बताए । उनले गत वर्ष रु दुई लाखको अदुवा बिक्री गरेका थिए ।

छिल्लीकोटकै पलबहादुर खड्काले पनि गत वर्ष अदुवाले भाउ पाएको देखेर रु ५० हजारको बीउ किनेर अदुवा लगाएका थिए । तर अहिले अदुवाको भाउ सुनेर उनी पनि निराश छन् ।

बीउ किन्दाखेरिकै ५० हजारको सावाँब्याज अहिले रु ६५ हजार पुगेको छ । अदुवाको बीउ किन्दा लिएको ऋणको साँवाब्याज कसरी तिर्ने भन्ने पिरलो उनलाई छ । 

बजारमा व्यापारीले सस्तोमा भारतबाट अदुवा भित्र्याउँदा स्थानीयले उत्पादन गरेको अदुवा बिक्री नहुने अवस्था भएको छ । उनले भने, “बीउको ऋण तिर्न समस्या छ । अहिलेको अवस्थामा रहेको मूल्यमा अदुवा बिक्री गर्दा ऋण तिर्न पनि पुग्दैन ।” पहाडी क्षेत्रमा जङ्गली जनावरले क्षति नगर्ने र राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानले अदुवा रोप्ने गरेका छन् । तर मूल्य नपाउँदा किसान मर्कामा परेको स्थानीय पूर्णबहादुर पुन बताउछन् ।

उनका अनुसार यहाँका स्थानीय ३० र ३५ घरले अदुवाखेती गर्ने गरेका छन् ।  छिल्लीकोट क्षेत्रबाट मात्रै वार्षिक ६०० क्विन्टल बढी अदुवा बिक्री हुने गरेको छ । अदुवाको बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेमा सहज हुने उनीहरुको आशा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ...
निर्वाचन ७२ दिन बाँकीः यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

निर्वाचन ७२ दिन बाँकीः यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको...
रवि-बालेन ५ घण्टा ‘वान टु वान’ वार्तामा के-के भयाे कुराकानी ? (भिडियो)

रवि-बालेन ५ घण्टा ‘वान टु वान’ वार्तामा के-के भयाे कुराकानी ? (भिडियो)

सुरुवातमा रवि र बालेन बिच व्यक्तिगत कुराकानी भएका थिए । केही दिन अघि मात्रै बाबु गुमाए बालेन र २ सय ६० दिन कारागार बसेर निस्किएका रविबिच भावनात्मक कुराहरू  ...