नेभिगेशन
मुख्य समाचार

दलित परिवारको घर भत्काएको घटनामा हेलचेक्रयाईँ गरेको भन्दै सिराहाका सिडिओ गृह मन्त्रालय तानिए

काठमाडौँ । दलितको परिवारको घर भत्काएको घटनामा हेलचेक्रयाईँ गरेको भन्दै सिराहाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिएका छन् । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबार बिहान गृह मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उनको ठाउँमा कपिलवस्तुमा रहेको विश्वप्रकाश अर्याललाई सिराह पठाइएको छ । 


औरही ५ मा महायज्ञ गर्नका लागि भन्दै स्थानीय दिपक मल्लिकको घर भत्काएर उनीहरुलाई अन्यत्र टहरोमा सारिएको थियो । घटना सार्वजनिक भएपछि गाउँमा पुगेका सुरक्षा अधिकारीहरुले गाउँपालिकाले मन्जुरीनामा लिएर घर भत्काएको अभिव्यक्ति दिएका थिए । तर दिपकले भने फागुन १० मा घर भत्काएपनि चैत ६ गते मात्रै झुक्याएर जग्गाको कागज भन्दै मन्जुरीनामा गराएको बताएका छन् । 

CG

दलित परिवारको उठिबास लाएर महायज्ञको मण्डप, घटना ढाकछोप गर्न पुरानो मितिमा मन्जुरीनामा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा समस्यादेखिपछि मङ्गलवार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

निर्वाचन सुरक्षा रणनीति निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे भइरहेको गतिविधिका बारेमा जानकारी लिन बिहीबार निर्वाचन आयोग पुगेका उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही...
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले काम गरिरहेको बताइन ।