नेभिगेशन
समाज

दलित परिवारको उठिबास लाएर महायज्ञको मण्डप, घटना ढाकछोप गर्न पुरानो मितिमा मन्जुरीनामा

सिरहा । सिरहाको औरही ५ मा महायज्ञ लगाउने नाममा एक दलित परिवारको उठिबास बनाएर महायज्ञस्थल बनाइएको छ । औरहीस्थित हुलाकी सडक छेउमा चैत १७ गते देखि विष्णु महायज्ञ लगाउने भन्दै बजरङ्गी बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादवले दीपक मलिक डोमको घरनै भत्काइदिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महायज्ञ स्थलमा दलित वरिपरि हिँडडुल समेत गर्न नहुने भन्दै दलितको घर भत्काएर, घर भएको जग्गाको माटो समेत फालिएको छ । यो ठाउँमा पहिले स्थानीय दीपक डोमको परिवार ३० वर्षदेखि बस्दै आएका थिए । सरकारले जनता आवास कार्यक्रम मार्फत ५ वर्ष अघि मात्रै उनीहरूका लागि २ कोठे पक्की घर बनाइदिएको थियो । तर बजरङ्गी बाबालाई यही ठाउँमा विष्णु महायज्ञ लगाउन मन लागेपछि दिपकको परिवारको उठिबास लागेको छ । तर सो स्थानमा भएका अन्य व्यक्ति तथा समुदायका घर भने भत्काइएको छैन । 

Ncell
Extreme Energy

बजरङ्गी बाबाको निर्देशन अनुसार फागुन १० गते गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर उनीहरूको घर भत्काइदिएका हुन् । यसका लागि पूर्व वडाध्यक्ष दिलीप यादवले समन्वय गरेका थिए । घर भत्काएपछि उनीहरूलाई मानवबस्ती भन्दा ५ सय मिटर पर बाँसले बारेर सानो टहरामा सारिएको छ । जहाँ न खानेपानी छ न बिजुली बत्ती । आफ्नो घरवास उठिबास लाग्दा समेत डोम परिवार गाउँपालिका र बजरङ्गी बाबाका विरुद्धमा बोल्ने सकेका छैन । गाउँपालिकामा नै सरसफाइको काम गर्दै आएका दीपक र उनकी श्रीमती अनिता डोमलाई ज्यालादारीमा भएको काम पनि गुम्ने डरले कतै पनि उजुरी गरेका छैन । 

उनीहरूको डर र बाध्यताको फाइदा उठाउँदै उठीबास लाग्दा समेत प्रहरी प्रशासन मौन बसेको थियो । यस विषयमा प्रश्न गर्दा प्रहरी भने समाजको विषय भएर आफूले केही गर्न नमिल्ने भन्दै पन्छिन खोजे । गाउँपालिकाले नै घर भत्काइदिएपछि उनीहरूले न्यायका लागि लड्ने आँट गर्न नसकेको गुनासो गर्छन् । अनिताका अनुसार बजरङ्गी बाबाले भनेबमोजिम गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव आफैं आएर यहाँ महायज्ञ गर्नुपर्ने भन्दै घर भत्काइदिएको थिए । 

nayataharo-1742530780.jpg
आफूहरू दलित भएकै कारण महायज्ञ गर्नका लागि आफ्नो घर भत्काएर, दलित बसेको जमिन भन्दै माटो समेत खनेर फाल्दा निकै असह्‍य पीडा भएको छ उनीहरूलाई ।

गाउँपालिका अध्यक्ष भन्छन्ः संयोग त्यस्तो पर्यो

गाउँपालिका अध्यक्ष शिवजी यादवले भने कृषि बजार लगाउने योजनमा घर सारिएको दाबी गर्छन् । उनले दिपकको परिवारसँगको मञ्जुरीमै कृषी बजारका लागि उनीहरूलाई अन्यत्र आवासको व्यवस्था गरेर घर भत्काएको बताउँछन् । महायज्ञ आयोजना हुनु र उनीहरूको घर भत्काउनु संयोग मात्रै भएको दाबी गर्छन् । तर डोम परिवारलाई विस्थापित गराइएको जग्गा नजिकै पुजाको मण्डप बनाइएको छ । 

अहिले पनि महायज्ञस्थल सजाउने काम धमाधम भैरहेको छ । यो विषय सार्वजनिक भएपछि अहिले सरोकारवाला निकाय गाउँमा पुगेका छन् । तर महायज्ञ आयोजना गर्ने भनिएका बजरङ्गी बाबा देखि गाउँपालिका अध्यक्ष तथा पूर्ववडा अध्यक्ष सम्पर्क विहिन भएका छन् । दलित परिवारको उठिबास गराउदा नबोलका स्थानीयह?ले अहिले भने महायज्ञका नाममा डोम परिवार माथि अन्याय भएकोमा बोल्न थालेका छन् ।

GaunpalikaAdyxa_manjurinama-1742530687.jpg
गाउँपालिकाले बनायो फर्जी मञ्जुरीनामा

विषय सार्वजनिक भएपछि घटना ढाकछोप गर्न गाउँपालिका लागेको छ । गाउँपालिकाले दिपकले गरेको मन्जुरीनामाको कागज सार्वजनिक गरेको छ । अहिले सर्वत्र घटनाको विरोध चर्कीएपछि घर भत्काएको भोलिपल्टको मिति राखेर दीपकको नामको मन्जुरीनामा बाहिर आएको छ । पीडित परिवारका अनुसार फागुन ११ गतेको मिति राखिएको मन्जुरीनामा चैत ६ गते मात्रै बनाइएको हो । मन्जुरीनामाका लागिसमेत उनीहरुलाई झुक्याइएको छ । दीपकले भने ‘पालिकाकै कर्मचारी मनोज यादवले ‘जग्गाको प्रमाण हो, सही गरेर एकप्रति सुरक्षित राख्नू’ भन्दै हेर्नै नदिई ल्याप्चे लगाउन लगाए, म धेरै लेख–पढेको छैन, आफ्नै पालिकाका कर्मचारीले भनेपछि होला भन्ने भयो,’ । उक्त मन्जुरीनामा पत्रमा भनिएको छ, त्यो जग्गामा कृषि बजार व्यवस्थापन गर्न ठेक्का प्रक्रियामा गइसकेकाले म आफ्नै राजीखुसीले सुन्दर जनता माविभन्दा पश्चिम बसोबास गरेको छु । यसमा कुनै किसिमको दाबीविरोध गर्नेछैनौँ, गरे यसै मन्जुरीनामाबाट बदर गरिदिनुभएमा मेरो मन्जुरी छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमबिएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

एमबिएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष पहलपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
कांग्रेस सभापति थापाको भारत भ्रमण स्थगित

कांग्रेस सभापति थापाको भारत भ्रमण स्थगित

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको भारत भ्रमण स्थगित भएको छ ।
धनुषाका किसानको घरदैलोमा कृषिमन्त्री चौधरी

धनुषाका किसानको घरदैलोमा कृषिमन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानको घरदैलोमा पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छिन् । धनुषा जिल्लाको कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै  किसानहरु सङ्ग भेटवार्ता...