नेभिगेशन
सबै कुरा

पहिलो पटक अन्तरिक्षमा मुसाको भ्रूणको विकास

जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन् । वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्यरूपमा भ्रूणको विकास भएको छ र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुनसक्ने सङ्केत दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यामानाशी विश्वविद्यालयको एडभान्स्ड बायोटेक्नोलोजी सेन्टरका प्राध्यापक तेरुहिको वाकायामा र जापान एयरोस्पेस स्पेस एजेन्सी (जेएएक्सए) को एउटा टिमसहितको अन्वेषकहरूले सन् २०२१ अगस्टमा एउटा रकेटमा जमेको मुसाको भ्रूणलाई आइएसएसमा पठाएका थिए । 

Extreme Energy

अन्तरिक्ष यात्रीहरूले सोही उद्देश्यले डिजाइन गरिएको विशेष उपकरणको प्रयोगले प्रारम्भिक चरणमा भ्रूणहरूलाई पगाले र तिनीहरूलाई चार दिनसम्म स्टेसनमा विकसित गरे । 

“सूक्ष्म गुरुत्वाकर्षणको परिस्थितिमा विकसित भएका भ्रूण सामान्यतया ब्लास्टोसिस्टमा विकसित हुन्छन्, बलास्टोसिस्ट त्यस्तो कोशिका हो जुन प्लेसेन्टामा विकसित हुन्छ”, वैज्ञानिकहरूले भनेका छन् । 

शनिबार वैज्ञानिक पत्रिका आईसाइन्समा अनलाइन प्रकाशित एक अध्ययनमा अन्वेषकहरूले भनेका छन्, “प्रयोगबाट के स्पष्ट भएको छ भने भ्रूणको विकासमा गुरुत्वाकर्षणको कुनै उल्लेखनीय असर थिएन ।”

उनीहरूले पृथ्वीमा प्रयोगशालामा फिर्ता पठाइएको ब्लास्टोसिस्टको विश्लेषण गरेपछि डीएनए र जीनको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन नभएको पनि बताएका छन् । 

“यो पहिलो अध्ययनले अन्तरिक्षमा स्तनधारी फस्टाउन सक्छन् भन्ने देखाएको छ”, यामानाशी विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान संस्थान रिकेनले संयुक्त विज्ञप्तिमा भनेका छन्, “आईएसएसको पूर्ण सूक्ष्म गुरुत्वाकर्षण अन्तर्गत प्रारम्भिक चरणमा स्तनधारी भ्र्रूणहरूको सम्वर्द्धन गरिएको विश्वमा यो पहिलो प्रयोग हो ।”

“ब्लास्टोसिस्ट सामान्य हो भन्ने पुष्टि गर्नका लागि भविष्यमा आईएसएसको सूक्ष्म गुरुत्वाकर्षणमा विकसित ब्लास्टोसिस्टलाई मुसामा प्रत्यारोपित गर्न आवश्यक हुनेछ । यसबाट मुसाले बच्चा जन्माउन सक्छ वा सक्दैन भन्ने थाहा पाउन सकिनेछ”, विज्ञप्तिमा भनिएको छ । 

यस्तो अनुसन्धान भविष्यमा अन्तरिक्ष अन्वेषण र औपनिवेशिक अभियानका लागि महत्वपूर्ण हुनसक्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।

भर्खरै