नेभिगेशन
सबै कुरा

धरानमा सामाजिक सद्भाव कायम राख्न नगरप्रमुख हर्कराज राईको अपिल

भदौ ८, सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आपसी सद्भाव र एकता कामय राख्न नगरबासीसँग आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार एक अपिल जारी नगरप्रमुख राइले धरानमा केही दिनदेखी भइरहेको धार्मीक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएकोमा चिन्ता व्यक्त गरेका छन् ।

Ncell
Extreme Energy

‘सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न सम्पूर्ण आम धरानबासीलाई हार्दिक अपील गर्दछु’, मेयर साम्पाङले भनेका छन् । 

त्यस्तै उनले समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खल्बलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्दलाई निम्त्याउने भएकाले यस प्रकारको विविधताको नकरात्मकतालाई सकरात्मकतामा परिणत गर्न समेत आग्रह गरेका छन् । 


सामाजिक सद्भाव कायम राख्न अपिल गरेका उनले शनिबारका लागि केही हिन्दु समर्थकले गरेको प्रदर्शनको आह्वानबारे भने केही भनेका छैनन् । 

नगर प्रमुख राईले उक्त विषयमा केही प्रतिक्रिया नजनाएपनि धरानमा शुक्रबार बसेको १३ दलको बैठकले भने सामाजिक सद्भाव खल्बलिने कुनै पनि कार्यक्रम नगराउन साथै सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भावमा समस्या उत्पन्न हुने कुनै सामाग्री शेयर नगर्न नगराउन अनुरोध गरेका छन् । 

त्यस्तै केही हिन्दु समर्थकले शनिबारका लागि प्रदर्शनको आह्वान गरेपछि धरानको जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।