नेभिगेशन
सबै कुरा
टी-२० विश्वकप एसिया छनोट :

टी-२० विश्वकप एसिया छनोट : नेपालले मलेसियाविरुद्ध लियाे सातौँ विकेट

आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध सातौँ विकेट लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान भइरहेको खेलमा १७.२ ओभरमा अविनाश बोहोराको बलमा मोहमद अमिर अजिम आउट भएका छन् । 

Extreme Energy
citizen life

यसअघि १५.५ ओभरमा करण केसीको बलमा ऐनुल हाफिज रन आउट हुँदा नेपालले छैटाैँ विकेट लिएकाे थियाे भने १४‍.४ ओभरमा गुल्सन झाको बलमा शैयद अजिज आउट  हुँदा नेपालले पाचाैँ विकेट लिएकाे थियाे ।

त्यस्तै १३.६ ओभरमा कप्तान रोहितकुमार पौडेलको बलमा शर्भिन मुनिन्दा आउट हुँदा नेपालले चाैथाे  साथै १०.१ ओभरमा सन्दीप लामिछानेको बलमा विरन्दीप सिंह आउट हुँदा नेपालले तेस्राे विकेट हात पारेकाे  थियाे । त्यस्तै दोस्रो विकेटका लागि ६.६ ओभरमा सन्दीप लामिछानेको बलमा अहम्मद फेज रन आउट भएका थिए भने ५.५ ओभरमा अविनाश बोहोराको बलमा अहमद जुबैदी जुल्किफ्ले आउट  हुँदा नेपालले पहिलाे विकेट लिएकाे थियाे । 

आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध टस हारेर पहिले बलिङ गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल नेपाल लगातार दोस्रो जितको खोजीमा छ । 

सोमबार भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । मलेसिया हिजो भएको पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोट लागेका कारण टोलीमा सहभागी छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिइएको छ । 

आजको खेलदमा नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।
नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले । त्यस्तै कुशल मल्लले १९ रन बनाए...
वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।
आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला क्रिकेट टोलीलाई बिदाइ

आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला क्रिकेट टोलीलाई बिदाइ

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । नेपालले इन्दु बर्माको कप्तानीमा अप्रिल १८ देखि मे १ सम्म...