नेभिगेशन
सबै कुरा
टी–२० विश्वकप एसिया छनोट :

नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाडौं ।आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जीतका लागि कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्दैै अर्धशतकीय पारी खेले । उनले ३४ मा  सात छक्का र दुई चौकासहित ६५ रन बनाए । साथै ओपनर कुशल भुर्तेलले चार छक्का र चार चौकाको सहयोगमा महत्वपूर्ण ४३ रन र आशिफ सेखले दुई छक्का र एक चौकाको सहयोगमा ३२ रन बनाए । त्यसैगरी सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले दुई/दुई रन बनाए । 

मलेसियाका लागि मोहम्मद अमिरले तीन र पवनदीप सिंहले एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३ /१३ रन बनाए । 

नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा रोहित पौडेलले एक÷एक विकेट लिए ।

नेपाल प्रतियोगिताको समूह एमा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह बीमा संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, बहराइन र कुबेत छन् । नेपालले तेस्रो खेल यही कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।
नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
एसियन गेम्स छनोटः  चीनविरुद्ध नेपालको सानदार जित

एसियन गेम्स छनोटः चीनविरुद्ध नेपालको सानदार जित

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र...
कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

कुशल भुर्तेलको अर्धशतकमा नेपालले चीनलाई दियो ३ सय १४ रनको लक्ष्य

नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । भुर्तेलले ४३ बलमा १ सय २९ रन बनाएका हुन् । उक्त योगफल जोड्नको लागि उनले १६ छक्का र...