नेभिगेशन
सबै कुरा

कामपाले उठायो दुई महिनामा एक अर्ब कर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले रु ९३ करोड ४१ लाख मात्र राजस्व सङ्कलन गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकाको लामो समयदेखिको बक्यौता रकम उठ्न थालेको छ । कामपाले ३२ वटै वडा कार्यलयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्नुको साथै करदाता सङ्ख्या बढेको बताइएको छ ।    

Extreme Energy

त्यस्तै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताहरुको लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व सङ्कलनमा सहज भएको छ । 

यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म  सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढी रकम तिर्न कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको  राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले बताए ।

प्रत्येक वडा कार्यलयबाट राजस्व सङ्कलनको व्यवस्थासँगै वडा सदस्य र कर्मचारीको नेतृत्वमा सचेतना कार्यक्रम सञ्चालन गर्दा राजस्व सङ्कलनमा थप सहजता भएको प्रमुख काफ्लेले जानकारी दिए । 

हाल कामपामा सम्पत्ति कर र बहाल कर बुझाउने करदाताको सङ्ख्या उल्लेख्य बढेको कामपाको भनाइ छ । हाल कामपाले करिब चार लाख करदाता रहेका छन् ।  हाल कामपाले सम्पत्ति कर, बहाल कर, मनोरञ्जन कर, व्यवसाय, विज्ञापन कर गरी मुख्य नौ शीर्षकमा कर सङ्कलन गर्दै आएको छ ।   

चालु आवका लागि कामपाले रु १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको राजस्व विभागका प्रमुख काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा रु २४ करोड बढी राजस्व असुल भएको छ । चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट रु ५२ करोड राजस्व असुल भएको छ ।  

गत वर्षभन्दा यसवर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता बढेका छन् । पछिल्लो समय मात्रै एक हजार तीन सय करदाता थपिएका छन् । कामपाले बक्यौता रकम असुल गर्न छुट दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...