नेभिगेशन
समाज

टेस्टबाट सन्यास लिँदै कोहलीले भने, ‘टेस्ट करियरलाई सधैं मुस्कानका साथ फर्केर हेर्नेछु’

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। सोमबार इन्स्टाग्राममा एक स्टाटस लेख्दै कोहलीले आफूले टेस्ट क्रिक्रेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । 
यसअघि विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने इच्छा व्यक्त गरेका थिए। उनले यसबारे पहिले नै भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई जानकारी दिएपनि बोर्डले उनलाई पुर्नविचार गर्न भनेको थियो । त्यसपश्चात उनले सन्यासको घोषणा गरेका हुन् । 

सन्यासको घोषणा गर्दै उनले लेखेका छन्, ‘टेस्ट क्रिकेटमा पहिलो पटक ब्यागी ब्लू लगाएको १४ वर्ष भइसक्यो। इमान्दारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै कल्पना गरेको थिइनँ कि यो फर्म्याटले मलाई यस्तो यात्रामा लैजान्छ। यसले मलाई परीक्षा दिएको छ, मलाई आकार दिएको छ र जीवनभर मेरो साथमा रहने पाठहरू सिकाएको छ।’

CG

त्यस्तै उनले सेतो जर्सीमा खेल्नु धेरै विशेष रहेको बताएका छन् । सेतो जर्सीले शान्त संघर्षहरू, लामा दिनहरू, र साना क्षणहरूको पर्याय बनेको उनको भनाई छ । 

त्यस्तै उनले उक्त ढाँचाबाट सन्यास लिँदैगर्दा सजिलो नभएको तर आफू सन्तुष्ट रहेको बताएका छन् । त्यस्तै उनले आफूले टेस्ट क्रिकेटमा आफ्नो सबैथोक दिएको र आफूलाई सो ढाँचाले अपेक्षाभन्दा बढि दिएको बताएका छन् । उनले लेखेका छन्, ‘ अब म यो ढाँचाबाट सन्यास लिँदैछु, यो सजिलो छैन, तर म सन्तुष्ट छु। मैले यो ढाँचामा मेरो सबैथोक दिएँ र यसले मलाई अपेक्षा गरेको भन्दा बढी दियो।’

टेस्टबाट बिदा हुँदै गर्दा उनले क्रिकेट, आफ्ना सहकर्मी र उक्त यात्रामा मलाई प्रशंसा गर्नेप्रति आभार प्रकट गरेका छन् । त्यस्तै आफू टेस्ट करियरलाई मुस्कान साथ हेर्ने बताएका छन्, ‘म मेरो टेस्ट करियरलाई सधैं मुस्कानका साथ फर्केर हेर्नेछु।’, कोहलीले लेखेका छन् । 

विराट कोहलीले जुन २०११ मा किंग्स्टनमा वेस्ट इन्डिज विरुद्धको खेलमा टेस्ट डेब्यू गरेका थिए। त्यसपछि कोहलीले पहिलो इनिङमा ४ र दोस्रो इनिङमा १५ रन बनाएका थिए। उनको अन्तिम टेस्ट अस्ट्रेलिया विरुद्ध सिड्नीमा भएको थियो, जुन जनवरी २०२५ मा खेलिएको थियो। यो अन्तिम टेस्टमा कोहलीले पहिलो इनिङमा १७ र दोस्रो इनिङमा ६ रन बनाएका थिए।
आईपीएल २०२५ मा उत्कृष्ट फर्ममा रहेका कोहलीले यसअघि नै टी–२० क्रिकेटबाट सन्यास लिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइनाको युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइनाको युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेल शनिबार दशरथ रंगशालामा आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज...
नेपालद्वारा जिम्बाब्वे पराजित

नेपालद्वारा जिम्बाब्वे पराजित

जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले  ५० बलमा चार...
आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने टोलीको बिदाई (तस्बिरहरु)

आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने टोलीको बिदाई (तस्बिरहरु)

फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने  टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको हो ।
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण गरेका बुढामगर

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण गरेका बुढामगर

उनले आफ्नो आरोहण अनुभव सुनाउँदै भने, “यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले मेरा औँला जमिरहेका थिए । मेरो अनुहारमा एक प्रकारको...