नेभिगेशन
समाज

टेस्टबाट सन्यास लिँदै कोहलीले भने, ‘टेस्ट करियरलाई सधैं मुस्कानका साथ फर्केर हेर्नेछु’

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। सोमबार इन्स्टाग्राममा एक स्टाटस लेख्दै कोहलीले आफूले टेस्ट क्रिक्रेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । 
यसअघि विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने इच्छा व्यक्त गरेका थिए। उनले यसबारे पहिले नै भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई जानकारी दिएपनि बोर्डले उनलाई पुर्नविचार गर्न भनेको थियो । त्यसपश्चात उनले सन्यासको घोषणा गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन्यासको घोषणा गर्दै उनले लेखेका छन्, ‘टेस्ट क्रिकेटमा पहिलो पटक ब्यागी ब्लू लगाएको १४ वर्ष भइसक्यो। इमान्दारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै कल्पना गरेको थिइनँ कि यो फर्म्याटले मलाई यस्तो यात्रामा लैजान्छ। यसले मलाई परीक्षा दिएको छ, मलाई आकार दिएको छ र जीवनभर मेरो साथमा रहने पाठहरू सिकाएको छ।’

Ncell
Extreme Energy

त्यस्तै उनले सेतो जर्सीमा खेल्नु धेरै विशेष रहेको बताएका छन् । सेतो जर्सीले शान्त संघर्षहरू, लामा दिनहरू, र साना क्षणहरूको पर्याय बनेको उनको भनाई छ । 

त्यस्तै उनले उक्त ढाँचाबाट सन्यास लिँदैगर्दा सजिलो नभएको तर आफू सन्तुष्ट रहेको बताएका छन् । त्यस्तै उनले आफूले टेस्ट क्रिकेटमा आफ्नो सबैथोक दिएको र आफूलाई सो ढाँचाले अपेक्षाभन्दा बढि दिएको बताएका छन् । उनले लेखेका छन्, ‘ अब म यो ढाँचाबाट सन्यास लिँदैछु, यो सजिलो छैन, तर म सन्तुष्ट छु। मैले यो ढाँचामा मेरो सबैथोक दिएँ र यसले मलाई अपेक्षा गरेको भन्दा बढी दियो।’

टेस्टबाट बिदा हुँदै गर्दा उनले क्रिकेट, आफ्ना सहकर्मी र उक्त यात्रामा मलाई प्रशंसा गर्नेप्रति आभार प्रकट गरेका छन् । त्यस्तै आफू टेस्ट करियरलाई मुस्कान साथ हेर्ने बताएका छन्, ‘म मेरो टेस्ट करियरलाई सधैं मुस्कानका साथ फर्केर हेर्नेछु।’, कोहलीले लेखेका छन् । 

विराट कोहलीले जुन २०११ मा किंग्स्टनमा वेस्ट इन्डिज विरुद्धको खेलमा टेस्ट डेब्यू गरेका थिए। त्यसपछि कोहलीले पहिलो इनिङमा ४ र दोस्रो इनिङमा १५ रन बनाएका थिए। उनको अन्तिम टेस्ट अस्ट्रेलिया विरुद्ध सिड्नीमा भएको थियो, जुन जनवरी २०२५ मा खेलिएको थियो। यो अन्तिम टेस्टमा कोहलीले पहिलो इनिङमा १७ र दोस्रो इनिङमा ६ रन बनाएका थिए।
आईपीएल २०२५ मा उत्कृष्ट फर्ममा रहेका कोहलीले यसअघि नै टी–२० क्रिकेटबाट सन्यास लिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले हालै टोलीको प्रशिक्षण क्याम्प छाड्नुको पछाडिका घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्दै १० पृष्ठ लामो आधिकारिक वक्तव्य जारी गरेका छन् ।
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...
नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’ का सदस्यका रूपमा आबद्ध भएका छन्।