नेभिगेशन
समाज

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय, भन्छन् – यो टाढिने निर्णय होइन

काठमाडौँ । नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय करारलाई निरन्तरता नदिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै लामिछानेले यो निर्णय आफूले क्रिकेट वा राष्ट्रबाट टाढा हुने उद्देश्यले नभई व्यक्तिगत र व्यावसायिक रूपान्तरणका लागि लिएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘धेरै सोचविचारपछि मैले यसपटक नेपाल क्रिकेट संघको करारलाई निरन्तरता नदिने निर्णय गरेको छु।’, उनले लेखेका छन्, ‘जीवन अनेकौं मोड र जिम्मेवारीहरूको यात्रा हो। अझ धेरै कुरा अन्वेषण गर्न बाँकी छ, अझ धेरै योगदान दिन बाँकी छ र अझ धेरै बन्न बाँकी छ ।’ यस अभिव्यक्तिबाट लामिछानेले आफू नयाँ ढंगले अगाडि बढ्न चाहेको सन्देश दिएका छन्।

Ncell
Extreme Energy

सन्दीपले नेपाल क्रिकेट संघप्रति कृतज्ञता प्रकट गर्दै भनेका छन्, ‘क्यानले मेरो यात्रामा जुन निरन्तर साथ दिएको छ, त्यसप्रति म गहिरो आभार प्रकट गर्न चाहन्छु।’ उनले संघको योगदानले नेपाली क्रिकेट र आफ्नो व्यक्तिगत विकासमा उल्लेखनीय भूमिका खेलेको समेत बताएका छन्।

‘यो निर्णय टाढिने निर्णय होइन’ ,उनले लेखेका छन्, ‘बरु उद्देश्य र विकासको बाटोबाट आएको छनोट हो।’

सन्दीप लामिछाने हालसम्म नेपालका सबैभन्दा चर्चित र सफल क्रिकेट खेलाडी मध्ये एक हुन्, जसले अन्तर्राष्ट्रिय लिगहरूमा समेत नेपाली प्रतिनिधित्व गरेका छन्। उनले आफूले क्यानको करार नलिए पनि आगामी दिनमा नेपाली क्रिकेटमा सक्रिय रहने संकेत गरेका छन् । 
लामिछानेले आफ्नो निर्णयलाई व्यक्तिगत रूपान्तरण र भविष्यप्रतिको नयाँ योजना भएको बताए छन् । ‘मेरो राष्ट्रप्रतिको निष्ठा र खेलप्रतिको जुनून सधैं मेरो केन्द्रमा रहनेछ,’ सन्दीपले लेखेका छन् । 

सन्दीप लामिछाने नेपालका लागि सबैभन्दा सफल बलरमध्ये एक हुन्। उनले ५८ एकदिवसीय खेलमा १२१ विकेट र ५८ टी२० अन्तर्राष्ट्रिय खेलमा १०८ विकेट लिएका छन्। उनले ४२ एकदिवसीय खेलमा १०० विकेट पुरा गर्दै विश्वमै सबैभन्दा छिटो यो उपलब्धि हासिल गरेका छन्। त्यस्तै, ५४ टी२० अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पुरा गर्दै दोस्रो छिटो यो कीर्तिमान बनाएका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...
एमबाप्पेले जिते गोल्डेन बुट

एमबाप्पेले जिते गोल्डेन बुट

विश्वकप २०२६ भर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका छन् ।
रोड्रीले जिते गोल्डेन बल

रोड्रीले जिते गोल्डेन बल

स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जिते ।

भर्खरै