नेभिगेशन
समाज

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय, भन्छन् – यो टाढिने निर्णय होइन

काठमाडौँ । नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय करारलाई निरन्तरता नदिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै लामिछानेले यो निर्णय आफूले क्रिकेट वा राष्ट्रबाट टाढा हुने उद्देश्यले नभई व्यक्तिगत र व्यावसायिक रूपान्तरणका लागि लिएको बताएका छन् । 

‘धेरै सोचविचारपछि मैले यसपटक नेपाल क्रिकेट संघको करारलाई निरन्तरता नदिने निर्णय गरेको छु।’, उनले लेखेका छन्, ‘जीवन अनेकौं मोड र जिम्मेवारीहरूको यात्रा हो। अझ धेरै कुरा अन्वेषण गर्न बाँकी छ, अझ धेरै योगदान दिन बाँकी छ र अझ धेरै बन्न बाँकी छ ।’ यस अभिव्यक्तिबाट लामिछानेले आफू नयाँ ढंगले अगाडि बढ्न चाहेको सन्देश दिएका छन्।

CG

सन्दीपले नेपाल क्रिकेट संघप्रति कृतज्ञता प्रकट गर्दै भनेका छन्, ‘क्यानले मेरो यात्रामा जुन निरन्तर साथ दिएको छ, त्यसप्रति म गहिरो आभार प्रकट गर्न चाहन्छु।’ उनले संघको योगदानले नेपाली क्रिकेट र आफ्नो व्यक्तिगत विकासमा उल्लेखनीय भूमिका खेलेको समेत बताएका छन्।

‘यो निर्णय टाढिने निर्णय होइन’ ,उनले लेखेका छन्, ‘बरु उद्देश्य र विकासको बाटोबाट आएको छनोट हो।’

सन्दीप लामिछाने हालसम्म नेपालका सबैभन्दा चर्चित र सफल क्रिकेट खेलाडी मध्ये एक हुन्, जसले अन्तर्राष्ट्रिय लिगहरूमा समेत नेपाली प्रतिनिधित्व गरेका छन्। उनले आफूले क्यानको करार नलिए पनि आगामी दिनमा नेपाली क्रिकेटमा सक्रिय रहने संकेत गरेका छन् । 
लामिछानेले आफ्नो निर्णयलाई व्यक्तिगत रूपान्तरण र भविष्यप्रतिको नयाँ योजना भएको बताए छन् । ‘मेरो राष्ट्रप्रतिको निष्ठा र खेलप्रतिको जुनून सधैं मेरो केन्द्रमा रहनेछ,’ सन्दीपले लेखेका छन् । 

सन्दीप लामिछाने नेपालका लागि सबैभन्दा सफल बलरमध्ये एक हुन्। उनले ५८ एकदिवसीय खेलमा १२१ विकेट र ५८ टी२० अन्तर्राष्ट्रिय खेलमा १०८ विकेट लिएका छन्। उनले ४२ एकदिवसीय खेलमा १०० विकेट पुरा गर्दै विश्वमै सबैभन्दा छिटो यो उपलब्धि हासिल गरेका छन्। त्यस्तै, ५४ टी२० अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पुरा गर्दै दोस्रो छिटो यो कीर्तिमान बनाएका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो...
एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका...