नेभिगेशन
समाज

सन्दीपले यसअघि नै कन्ट्रयाक्टलाई निरन्तरता नदिनेबारे क्यानलाई गराएका थिए जानकारी

सन्दीप स्कटल्यान्डबाट फर्किएपछि निर्णय गर्ने क्यानको तयारी

काठमाडौँ । नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय करारलाई निरन्तरता नदिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुमा एक स्टाटस लेख्दै लामिछानेले आफूले सेन्ट्रल कन्ट्रयाक्टलाई निरन्तरता नदिने घोषणा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेले आफूले लामो समयदेखिको सोचविचारपश्चात सो निर्णय गरेको बताएका छन् । लामिछानेले बुधबार मात्रै फेसबुकमा सार्वजनिक गरेपनि उनले यसअघि नै सो निर्णयबारे क्यानलाई इमेलमार्फत जानकारी गराएका थिए । क्यानका एक पदाधिकारीका अनुसार लामिछानेले करिब १ हप्ता अघि नै इमेलमार्फत जानकारी गराएका छन् । ‘सन्दीपले क्यानलाई केही दिन अघि नै इमेलमार्फत जानकारी गराएको छ ।’, ती पदाधिकारीले सिधाकुरासँग भने, ‘यस विषयमा बोर्ड बैठक बसेर निर्णय गर्छौँ ।’

Ncell
Extreme Energy

त्यस्तै क्यानका प्रवक्ता छुम्बी लामाले समेत आफूहरुले लामिछानेलाई किन र के कारणले कन्ट्रयाक्ट निरन्तरता नदिने भनेर सोधपुछ गरेपछि मात्रै निर्णय गर्ने बताए । 

त्यसो त लामिछानेले फेसबुकमा सो स्टाटस लेखिरहँदा उनीसहितको नेपाली राष्ट्रिय टोली स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टि २० सिरिज खेल्न प्रस्थान गर्ने तयारीमा छ । उक्त टोलीले जुन २ देखि १० सम्म लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग खेल्ने तालिका छ भने लिग–२ सिरिजपछि नेपालले तीनै देशहरूसँग टी–२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।
सो टोलीलाई नेपाल क्रिकेट संघ क्यानले बुधबार बिहान एक कार्यक्रम गर्दै बिदाइ गरिसकेको छ । उनीहरुी आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्ने क्यानले जनाएको छ । 

प्रस्थान गर्नु केही समयअघि मात्रैको लामिछानेको त्यो घोषणाले सन्दीप उक्त खेल खेल्न जान्छन् कि जाँदैनन् भन्ने धेरैमा आशंका उब्जिएको छ । यस विषयमा क्यानले ती खेल खेल्न सन्दीप जाने र उनी फर्किएपछि उनको करारबारे निर्णय लिने बताएको छ । ‘उनीसहितको टोली खेल्न तयार भएकै कारण हामीले पठाउन लागेका हौँ । त्यही भएकाले उनी खेल्न जान्छन् । उनले ती खेल खेलेर फर्किएपछि उनको करारबारे निर्णय हुन्छ ।’ क्यानका प्रवक्ता लामाले भने । 

लामिछाने क्यानको केन्द्रिय सम्झौताअनुरुपको  ‘ए’ ग्रेडका खेलाडी हुन् । उनी करार अवधि आगामी जुन महिनादेखि सकिँदै छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ ।

भर्खरै