नेभिगेशन
मुख्य समाचार

गभर्नर सिफारिस समितिको बैठक अर्थमन्त्रालयमा जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा जारी छ । 

समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहित समिति सदस्यद्वय महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी छन्। यही बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। 

CG

समितिले सिफारिस गरेका नाममध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ। मन्त्रिपरिषद् बैठक पनि आजै साँझ ६ बजेलाई बोलाइएको छ । 
स्रोतका अनुसार आज दिउँसो सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नरमा अर्थविद् डा विश्व पौडेलको नाम टुंगो लगाएका थिए ।

अहिले औपचारिकता पुरा गर्नका लागि समितिको बैठक बसेको अर्थ मन्त्रालयले जनाएको छ । साँझ सम्म कुनै राजनीतिक परिवर्तन नभए नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर डा विश्व पौडेल बन्ने सम्भावना रहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खगेन्द्र सुनारको अभिव्यक्तिमा रास्वपाको ध्याकर्षण, अभिव्यक्ति र व्यवहारमा संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन

खगेन्द्र सुनारको अभिव्यक्तिमा रास्वपाको ध्याकर्षण, अभिव्यक्ति र व्यवहारमा संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन

महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको...
प्राइभेट जेटमा पोखरा ओर्लिए बेलायती राजनीतिज्ञ, खर्बपति एवम् ख्यातिप्राप्त परोपकारी लर्ड एशक्रफ्ट

प्राइभेट जेटमा पोखरा ओर्लिए बेलायती राजनीतिज्ञ, खर्बपति एवम् ख्यातिप्राप्त परोपकारी लर्ड एशक्रफ्ट

लर्ड एशक्रफ्ट जनमत सर्वेक्षणका क्षेत्रमा पनि प्रभावशाली नाम हो । उनले स्थापना गरेको ‘लर्ड एशक्रफ्ट पोल्स’ मार्फत बेलायतसहित विभिन्न देशका चुनाव, मतदाताको धारणा, राजनीतिक नेतृत्व र नीतिगत विषयमा...
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

राष्ट्रिय सहिद दिवसका अवसरमा शुक्रवार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ मा आयोजित ‘जेनजी’ सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन समारोहमा उनले सहिदहरूको बलिदानकै कारण आज...

भर्खरै