नेभिगेशन
समाज

गभर्नर सिफारिस समितिको बैठक अर्थमन्त्रालयमा जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा जारी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहित समिति सदस्यद्वय महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी छन्। यही बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। 

Ncell
Extreme Energy

समितिले सिफारिस गरेका नाममध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ। मन्त्रिपरिषद् बैठक पनि आजै साँझ ६ बजेलाई बोलाइएको छ । 
स्रोतका अनुसार आज दिउँसो सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नरमा अर्थविद् डा विश्व पौडेलको नाम टुंगो लगाएका थिए ।

अहिले औपचारिकता पुरा गर्नका लागि समितिको बैठक बसेको अर्थ मन्त्रालयले जनाएको छ । साँझ सम्म कुनै राजनीतिक परिवर्तन नभए नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर डा विश्व पौडेल बन्ने सम्भावना रहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।