नेभिगेशन
समाज

काठमाडौँ महानगरले सुरु गर्यो सिप मेला, ३ हजार १८ जनाले तालिम लिदै

आजदेखि बागबजारमा रहेको काठमाडौँ मोडल कलेजमा सैद्धान्तिक कक्षाहरु हुनेछन् । तालिममा सहभागी हुन इच्छुकहरुले ११ बजेदेखि टुँडिखेलमा गएर अनलाइन फाराम भर्न र तालिमका विषयमा थप जानकारी लिन सक्ने महानगरले जनाएको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सिप मेला २०८२ का कार्यक्रम सुरु गरेको छ । टुँडिखेलमा सुरु भएको मेलाको प्रारम्भमा रोजगार र स्वरोजगार बन्ने अवसरसँग सम्बन्धित विषयमा अभिमुखीकरण आयोजना गरिएको थियो ।  अभिमुखीकरण कार्यक्रममा तालिमका लागि छनोट भएका १६ सय ४१ जना सहभागी उपस्थिति हुनुभएको थियो । अपरान्ह साढे ३ बजेदेखि थालिएको अनलाइन नाम दर्तामा १३ सय ७७ जना सोधपुछ र मेलाका विषयमा जानकारी लिएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजदेखि बागबजारमा रहेको काठमाडौँ मोडल कलेजमा सैद्धान्तिक कक्षाहरु हुनेछन् । तालिममा सहभागी हुन इच्छुकहरुले ११ बजेदेखि टुँडिखेलमा गएर अनलाइन फाराम भर्न र तालिमका विषयमा थप जानकारी लिन सक्ने महानगरले जनाएको छ ।  

Ncell
Extreme Energy

महानगरपालिकाले सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गरेको हो । मेलाबाट २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ । यसमा महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिएको छ । 

WhatsApp-Image-2025-05-22-at-08.21.32-1747882421.jpeg
 

१ सय घण्टे तालिमका लागि २९ सय २५ जना सहभागीलाई छनोट गरिएको छ । आवेदन दिने सबैलाई तालिममा सहभागी गराउने महानगरपालिकाको तयारी छ । मेलाले युवाहरुमा अन्तरनिहित क्षमता प्रस्फुटन गराएर आफैँभित्र सम्भावना देखाउने लक्ष्य रहेको निर्देशक समितिका संयोजक एवं सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले बताए । ‘परामर्श र तालिमबाट युवाहरुले आफ्नो क्षमता पहिचान गर्न सक्छन् । यसले व्यक्तिदेखि परिवार, समाजहुँदै राष्ट्रिय अर्थतन्त्रमा ठुलो योगदान दिन्छ’ राजभण्डारीको भने ।

निर्देशक समितिका सदस्य सुदीप ढकालका अनुसार १ सय घण्टाको तालिममा सहभागी गराउन नसकिएका सबै आवेदकलाई व्यक्तिगत विवरण लेखन, अन्तर्वार्ता सिप विकासजस्ता १ दिनमै सिक्न सकिने तालिम उपलब्ध गराइनेछ । यो अवसर आवेदक सबैलाई हुनेछ । तालिम अवधिलाई ३ भागमा बाँडेर कक्षा चल्नेछ । ढकालका अनुसार पहिले करिअर काउन्सिलिङ्, दोस्रोमा प्रशिक्षार्थीका अपेक्षा र सम्भावना परामर्शको कक्षा चल्नेछ । तेस्रो भागमा तालिम हुनेछ ।

WhatsApp-Image-2025-05-22-at-08.21.33-(2)-1747882457.jpeg
 

मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाका अनुसार गएको वर्षको सिकाइ र रोजगार क्षेत्रबाट आएको पृष्ठपोषणका आधारमा यस वर्षको मेला थालिएको हो । यस वर्षका तालिममा २० प्रतिशत सैद्धान्तिक कक्षा र ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन हुने झाको भनाइ छ। 
तालिम संयोजक देवेन्द्र के. सी.का अनुसार मेलामा १० वटा क्षेत्रका ४२ वटा पेशासँग सम्बन्धित तालिम सञ्चालन हुनेछन् ।  आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी १२ पेशा छन् । व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृतिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) पेशा छन् । 


विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेशाका तालिम चल्नेछन् । हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ वटा पेशाका तालिम हुनेछन् । 


गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ वटा पेशाका तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ पेशाका तालिम हुनेछ । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी ४ पेशाका तालिम हुनेछ । अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ वटा पेशाका तालिम सञ्चालन हुनेछ । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ वटा पेशाका तालिम हुनेछ । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ । 

कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम हुनेछ । यस्तै स्टक मार्केट सम्बन्धी तालिम हुनेछ ।   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा काठ सहजरुपमा उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...