नेभिगेशन
समाज

यी हुन् 'उज्यालो नेपाल पार्टी'का ५१ सदस्यहरु (सूचि सहित)

काठमाडौँ। ऊर्जामन्त्री कुलमान घिसिङको भनिएको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा आफ्ना सदस्यहरुको नामावली विवरण बुझाएको छ । आयोगमा बुझाएको ५१ जनाको विवरणमा   पार्टी अध्यक्षकारुपमा पूर्वऊर्जासचिव अनुप उपाध्याय रहेका छन् भने अन्य सबै सदस्य छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सदस्यको सूचिमा कलाकार रिमा विश्वकर्मासहित सुदूरपश्चिममा स्वतन्त्र सांसद ताराप्रसाद जोशी लगायत ५१ जना रहेका छन् । सदस्यहरुमा डा.सागर ढकाल, महेन्द्र लावती, टासी ल्हान्जोम सदस्य रहेका छन् । टासीको नाम सरकारमा मन्त्री बन्ने चर्चाकाबिच रोकिएको थियो ।  

Marvel
Extreme Energy

केन्द्रीय सदस्यमा यसअघि काठमाडौंको उपमेयरमा स्वतन्त्र उम्मेदवार बनेकी विद्या श्रेष्ठ महर्जन, एमालेबाट काभ्रेको चौंरी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेर गठबन्धनसँग हारेका गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष जितराम लामा, डा.अभिशेषकुमार सिंह, राजनीतिक अभियन्ता श्री गुरुङ, पहिचानवादी राजनीतिकर्मी डा.महेन्द्र लावती, इलाममा हर्क साम्पाङका स्वतन्त्र उम्मेदवार बनेका डाकेन्द्र सिं थेगिम, डा.विशाल भण्डारी, सामाजिक अभियान्ता तथा व्यवसायी विजय कँडेल  रहेका छन् ।

यस्तै डा.घनश्याम पाण्डे, डा.शंकर ढकाल, इञ्जिनियर तेजनारायण यादव, डा.राजु थापा, इञ्जिनियर निलिमा बस्नेत, इञ्जिनियर दिपेन्द्र जमरकट्टेल, सीता देवी पाण्डेय, हिरा प्रसाद सोती(किरण वि.क), सोमप्रसाद चौधरी, इञ्जिनियर अरबिन्द साह, धनबहादुर मिक्चन, कुसल गुरुङ, निर्देश सिलवाल, लाक्पा फुटी शेर्पा, सुभाष प्रधान,  सरस्वती सुब्बा सरु, रामेश्वर श्रेष्ठ, मनोज लुहार, तुलसा वाइबा सदस्य रहेका छन् । 
उक्त पार्टी मन्त्री कुलमान घिसिङले खाेलेको दाबी गरिएपनि उनको नाममा भने कतै उल्लेख छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।