नेभिगेशन
मुख्य समाचार

लोडसेडिङको हल्लामा कुनै सत्यता छैनः हितेन्द्रदेव शाक्य

विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । 

बिहीबार विराटनगरमा आयोजित बढी विद्युत उपभोग गरी समयमा महसुल दाखिला गर्ने उद्योगी व्यवसायीको सम्मान कार्यक्रम कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताएका हुन् । 

CG

विश्वसनीय विद्युत आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने उनले बताए । उनले मुलुकमा अहिले विद्युत अभावको समस्या नरहेको भन्दै अहिले भईरहेको ट्रिपिङको समस्यालाई चाडै नै समाधान गरिने धारणा राखे । 

शाक्यले विद्युत आपूर्तिको स्थितिमा वर्षेनी सुधार भईरहेको बताउदै विश्वसनीय विद्युत आपूर्ति प्राधिकरणको प्रमुख ध्येय रहेको जानकारी दिए । 

निजी क्षेत्र र उद्योगीहरुले सबैभन्दा बढी विद्युत उपभोग गरेर विद्युत प्राधिकरणको व्यापार वृद्धिमा सहयोग पु¥याएकोले सम्मान गर्ने नीति लिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
नेपालद्वारा जिम्बाब्वे पराजित

नेपालद्वारा जिम्बाब्वे पराजित

जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले  ५० बलमा चार...
काठमाडौँमा सहजै जित्थेँ, आँट गरेर सर्लाही गएँः गगन थापा

काठमाडौँमा सहजै जित्थेँ, आँट गरेर सर्लाही गएँः गगन थापा

काठमाडौं–४ का मतदाताप्रति आफु जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको भनाइ छ । सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरेपनि आँट...
एयरपोर्टमा सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै आन्दोलनमा उत्रिने अवस्था आउनसक्ने ओलीको चेतावनी

एयरपोर्टमा सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै आन्दोलनमा उत्रिने अवस्था आउनसक्ने ओलीको चेतावनी

ध्यक्ष ओलीले शुक्रबार आफु झापाबाट काठमाडौं फर्कदा बिमानस्थलमा अपमानित हुनपरेको बताए ।