नेभिगेशन
समाज

अफताब आलमः ज्यूँदै मान्छेलाई इँटाभट्टामा पाेलेको आरोपदेखि उच्चको सफाइसम्म

उनीमाथि राजपुर बम विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेको थियो।

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई उच्च अदालतले सफाई दिएको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वसांसद आलममाथि २०६५ सालमा भएको राजपुर बम विस्फोटपछि घाइतेहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेको थियो। घटनाका प्रत्यक्षदर्शीहरुले उक्त समय आफूलाई बचाइदिन गुहारेका घाइतेहरुलाई आगोमा हालेर हत्या गरिएको दाबी गरेका थिए। उनीहरूका अनुसार, घटनालाई सार्वजनिक हुन नदिन अफताब आलमले आफ्ना सहयोगीसँग मिलेर नजिकैको इँटाभट्टामा आगोमा हालेर हत्या गरेका थिए।

Ncell
Extreme Energy

घटनाको पृष्ठभूमि

घटना पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा भएको हो। बम विस्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तरलगायतका व्यक्तिहरुलाई उपचारको सट्टा जिउँदै जलाइएको भनिएको थियो।

त्यसक्रममा मृत्यु भएका भनिएका व्यक्तिहरुको बारेमा तत्कालीन प्रहरीले विस्फोट नभएको भन्दै मुचुल्का तयार पारेका थिए भने सरकारी वकिल कार्यालयले पनि मुद्दा नचलाउने सुझाव दिएका थिए। तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले समेत मृत्यु पुष्टि हुन नसकेको भन्दै २०६५ सालमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

तर पीडित पक्षले यसबारे सर्वोच्च अदालतमा निवेदन दर्ता गरेपछि पुनः अनुसन्धान अघि बढेको हो। न्यायाधीश सुशीला कार्की र डा. भरतबहादुर कार्कीको इजलासले पीडितको जाहेरीका आधारमा अनुसन्धान गर्न निर्देशन दिएको थियो।

पुनः गिरफ्तारी र मुद्दा प्रक्रिया

सर्वोच्चको आदेशपछि २०७६ असोज १९ गते अफताब आलम पक्राउ परे। आलमसहित उनका नातेदार महताब आलमविरुद्ध तीनवटा मुद्दा दायर गरियो—कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोट सम्बन्धी मुद्दा।

रौतहट जिल्ला अदालतले २०७६ कात्तिक २९ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। बहस २०७६ देखि थालिएर लामो समयसम्म चलेको हो। मुद्दामा सरकारी पक्षबाट सरकारी वकिल दयानिधि रिजाल, बद्री कार्की र पुष्पराज पौडेलले बहस गरे भने प्रतिवादी आलमको तर्फबाट नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहित ९ जना वरिष्ठ कानुन व्यवसायीले बहस गरेका थिए। २०८१ वैशाख १३ गते रौतहट अदालतले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालतको फैसलाको सार

उच्च अदालत वीरगञ्जको इजलासले ‘घटनाबारे दाबी गरिएका विवरण प्रमाणित हुन नसकेको’ भन्दै आलमलाई सफाइ दिएको हो। अदालतले आलममाथि लगाइएको आरोप पुष्टि गर्न पर्याप्त प्रमाण नभएको ठहर गरेको छ।

हालसम्म बम विस्फोटमा संलग्न अन्य व्यक्तिहरूको स्थितिबारे स्पष्ट जानकारी आएको छैन। त्यस्तै, ओसी अख्तरकी आमाको २०६७ मा भएको हत्या घटनामाथि पनि अहिलेसम्म अनुसन्धान अघि बढाइएको छैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...