नेभिगेशन
समाज

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक  एकदिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा  नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । सिरिजका सुरुवाती दुई खेलमा जितेको नेपाल आज तेस्रो जितको खोजीमा रहेको छ । पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो । त्यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । 

Ncell
Extreme Energy

यता नेदरल्यान्ड्स भने पहिलो जितको लक्ष्यमा रहेको छ । नेदरल्यान्ड्स स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो । नेपाल १५ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ ।

 विभिन्न आठ  टोली सहभागी लिग–२ सन् २०२७ सम्म चल्नेछ । यस  लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधैँ स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाली टोलीमा कप्तान  रोहितकुमार पौडेल, उपकप्तान  दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार शाह,  बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी छ्न ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।