नेभिगेशन
समाज

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक  एकदिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा  नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । सिरिजका सुरुवाती दुई खेलमा जितेको नेपाल आज तेस्रो जितको खोजीमा रहेको छ । पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो । त्यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । 

Extreme Energy

यता नेदरल्यान्ड्स भने पहिलो जितको लक्ष्यमा रहेको छ । नेदरल्यान्ड्स स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो । नेपाल १५ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ ।

 विभिन्न आठ  टोली सहभागी लिग–२ सन् २०२७ सम्म चल्नेछ । यस  लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधैँ स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाली टोलीमा कप्तान  रोहितकुमार पौडेल, उपकप्तान  दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार शाह,  बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी छ्न ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्ने बताए । कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक र अनुशासित...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।