नेभिगेशन
समाज

यूके पठाइदिन्छु भन्दै ११ करोड बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ सरस्वती नगरमा बसोबास गर्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ स्थायी ठेगाना भई हाल काठमाडौँको  नयाँ बानेश्वरमा बसोबास गर्ने ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

Ncell
Extreme Energy

उनीहरूले वैदेशिक रोजगारीमा यूके पठाइदिने भनेर ठगी गरेको खुलेको छ।

प्राप्त जानकारीअनुसार, उनीहरूले यूके रोजगारीका लागि ३८ जना व्यक्तिहरूसँग झूटो आश्वासन दिई १ करोड ६ लाख ९७ हजार रुपैयाँ उठाएका थिए । 

पीडितहरूले वैदेशिक रोजगार विभागमा दिएको दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । विगागके आग्रहमा उनीहरुलाई प्रहरीले काठमाडौँको नरेफाँटबाट पक्राउ गरेको हो ।

पक्राउपछि दुवै जनालाई वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...