नेभिगेशन
मुख्य समाचार

यूके पठाइदिन्छु भन्दै ११ करोड बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ सरस्वती नगरमा बसोबास गर्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ स्थायी ठेगाना भई हाल काठमाडौँको  नयाँ बानेश्वरमा बसोबास गर्ने ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

CG

उनीहरूले वैदेशिक रोजगारीमा यूके पठाइदिने भनेर ठगी गरेको खुलेको छ।

प्राप्त जानकारीअनुसार, उनीहरूले यूके रोजगारीका लागि ३८ जना व्यक्तिहरूसँग झूटो आश्वासन दिई १ करोड ६ लाख ९७ हजार रुपैयाँ उठाएका थिए । 

पीडितहरूले वैदेशिक रोजगार विभागमा दिएको दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । विगागके आग्रहमा उनीहरुलाई प्रहरीले काठमाडौँको नरेफाँटबाट पक्राउ गरेको हो ।

पक्राउपछि दुवै जनालाई वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला...
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् ।...
हेटौंडामा बिहानैबाट भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरु

हेटौंडामा बिहानैबाट भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरु

सडक डिभिजनले ५ मंसिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसबै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो ।