नेभिगेशन
मुख्य समाचार

म जिल्ला जाँदा एमालेलाई सोध्नुपर्दैनः पूर्वराष्ट्रपति भण्डारी

‘तत्कालका लागि वाम एकता सम्भव छैन’

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू देशका विभिन्न जिल्लामा जाँदा नेकपा एमालेसँग अनुमति लिनुपर्ने कुनै आवश्यकता नरहेको बताएकी छिन् । सोमबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भण्डारीले आफू देशको पूर्वराष्ट्रपति र पहिलेदेखि नै एमालेसँग आबद्ध भएर काम गरेका कारण जिल्ला जिल्लामा गएर संवाद गर्न एमालेको अनुमति लिनुनपर्ने बताएकी हुन् । 

जनताका आकांक्षा बुझ्न र कार्यक्रमहरुमा सहभागि हुन एमालेको अनुमति मागिरहनुनपर्ने उनको भनाई छ । ‘म देशको पूर्वराष्ट्रपति हुँ, पार्टीको संगठित सदस्य भएर मात्रै होइन, धेरै पहिलेदेखि एमालेसँग आबद्ध छु। अब समाजसँग संवाद गर्न, जनताको आकांक्षा बुझ्न र देशका विभिन्न भागमा कार्यक्रमहरूमा सहभागी हुन एमालेसँग अनुमति मागिरहनु आवश्यक छैन।’, भण्डारीको भनाई थियो । 

CG

त्यस्तै चीन भ्रमणपछि झापा आएका बेला एमालेको कार्यक्रममै देखिएपछि उनी सक्रिय राजनीतिमा फर्किन लागेको अड्कलबारे सोधिएको प्रश्नमा उनले आफू जन्मेदेखि नै एमाले भएको र एमालेभन्दा फरक कुरा सोच्ने कुरा नभएको बताइन् । ‘म त्यस्तो व्यक्ति परेँ कि म जहाँ जन्मे, हुर्कें र यो स्थानमा पुगेँ । त्यो समाजबाट आजको मितिसम्म आउँदाखेरि एउटै लाइनमा म छु । तपाईंहरुले यसो हेर्नुभयो भने बुझ्नु हुन्छ । पहिलेदेखि नै वामपन्थी आन्दोलनमा लागियो ।’, उनले थपिन्, ‘पार्टीगत रुपमा हेर्दाखेरि त म जुन पार्टीबाट जन्में, हुर्कें र यो स्थानमा पुगें । त्योभन्दा फरक त सोच्न सकिने कुरा भएन ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनमा पार्टीभित्र गुटबन्दीको चर्चा गरेका सन्दर्भमा भण्डारीले अध्यक्षले आफूमाथि इंगित गरेजस्तो लाग्दैन भन्ने जवाफ दिएकी छिन् । उनले भनिन्, ‘नेकपा एमालेको वर्तमान अध्यक्ष ज्यू केपी शर्मा ओली ज्यूले मलाई नै तोकेरै, ताकेरै भन्नु भयो होला भन्ने त लाग्दैन ।’

पूर्वराष्ट्रपति भण्डारीले तत्कालका  लागि वाम एकता सम्भव नभएको बताइन् । ‘म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त छैन किनकी विश्वासको ठूलो संकट छ पार्टी–पार्टीहरुको बिचमा ।’, भण्डारीले भनिन् । 
त्यस्तै उनले राष्ट्रिय एजेण्डामा दलहरूबीच सहकार्यको खाँचो औंल्याउँदै, वामपन्थी मात्रै नभई सबै जिम्मेवार दलहरूले छलफलमार्फत राष्ट्रिय हितका विषयमा सहमति बनाउनु आवश्यक रहेको बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजको मौसमः सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

आजको मौसमः सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ...
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह...
निर्वाचन ७५ दिन बाँकी देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

निर्वाचन ७५ दिन बाँकी देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा...