नेभिगेशन
समाज

म जिल्ला जाँदा एमालेलाई सोध्नुपर्दैनः पूर्वराष्ट्रपति भण्डारी

‘तत्कालका लागि वाम एकता सम्भव छैन’

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू देशका विभिन्न जिल्लामा जाँदा नेकपा एमालेसँग अनुमति लिनुपर्ने कुनै आवश्यकता नरहेको बताएकी छिन् । सोमबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भण्डारीले आफू देशको पूर्वराष्ट्रपति र पहिलेदेखि नै एमालेसँग आबद्ध भएर काम गरेका कारण जिल्ला जिल्लामा गएर संवाद गर्न एमालेको अनुमति लिनुनपर्ने बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनताका आकांक्षा बुझ्न र कार्यक्रमहरुमा सहभागि हुन एमालेको अनुमति मागिरहनुनपर्ने उनको भनाई छ । ‘म देशको पूर्वराष्ट्रपति हुँ, पार्टीको संगठित सदस्य भएर मात्रै होइन, धेरै पहिलेदेखि एमालेसँग आबद्ध छु। अब समाजसँग संवाद गर्न, जनताको आकांक्षा बुझ्न र देशका विभिन्न भागमा कार्यक्रमहरूमा सहभागी हुन एमालेसँग अनुमति मागिरहनु आवश्यक छैन।’, भण्डारीको भनाई थियो । 

Ncell
Extreme Energy

त्यस्तै चीन भ्रमणपछि झापा आएका बेला एमालेको कार्यक्रममै देखिएपछि उनी सक्रिय राजनीतिमा फर्किन लागेको अड्कलबारे सोधिएको प्रश्नमा उनले आफू जन्मेदेखि नै एमाले भएको र एमालेभन्दा फरक कुरा सोच्ने कुरा नभएको बताइन् । ‘म त्यस्तो व्यक्ति परेँ कि म जहाँ जन्मे, हुर्कें र यो स्थानमा पुगेँ । त्यो समाजबाट आजको मितिसम्म आउँदाखेरि एउटै लाइनमा म छु । तपाईंहरुले यसो हेर्नुभयो भने बुझ्नु हुन्छ । पहिलेदेखि नै वामपन्थी आन्दोलनमा लागियो ।’, उनले थपिन्, ‘पार्टीगत रुपमा हेर्दाखेरि त म जुन पार्टीबाट जन्में, हुर्कें र यो स्थानमा पुगें । त्योभन्दा फरक त सोच्न सकिने कुरा भएन ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनमा पार्टीभित्र गुटबन्दीको चर्चा गरेका सन्दर्भमा भण्डारीले अध्यक्षले आफूमाथि इंगित गरेजस्तो लाग्दैन भन्ने जवाफ दिएकी छिन् । उनले भनिन्, ‘नेकपा एमालेको वर्तमान अध्यक्ष ज्यू केपी शर्मा ओली ज्यूले मलाई नै तोकेरै, ताकेरै भन्नु भयो होला भन्ने त लाग्दैन ।’

पूर्वराष्ट्रपति भण्डारीले तत्कालका  लागि वाम एकता सम्भव नभएको बताइन् । ‘म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त छैन किनकी विश्वासको ठूलो संकट छ पार्टी–पार्टीहरुको बिचमा ।’, भण्डारीले भनिन् । 
त्यस्तै उनले राष्ट्रिय एजेण्डामा दलहरूबीच सहकार्यको खाँचो औंल्याउँदै, वामपन्थी मात्रै नभई सबै जिम्मेवार दलहरूले छलफलमार्फत राष्ट्रिय हितका विषयमा सहमति बनाउनु आवश्यक रहेको बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...