नेभिगेशन
सबै कुरा

तराई–मधेस द्रुतमार्ग निर्माणमा ढिलाई नगर्न सेनालाई उपप्रधानमन्त्री खड्काकाे निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तराई–मधेस द्रुतमार्ग नेपाली सेना र नेपालकै लागि प्रतिष्ठाको विषय भएकाले यसलाई समयमै सम्पन्न गर्ने विषयमा कुनै सम्झौता गर्न नसकिने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रक्षामन्त्रालयमा भएको त्रैमासिक समीक्षा बैठकमा उपप्रधानमन्त्री खड्काले भने, “फाष्ट ट्रयाकको काम तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता हुन सक्दैन, कहीँ कतै काममा अवरोध हुने समस्या आए तुरुन्त समाधान गर्न सरकार तयार छ ।” 

Ncell
Extreme Energy

अहिलेसम्म विकास निर्माणले गति लिन नसकेको विषयमा सबैले जिम्मेवारी लिनुपर्ने भन्दै उपप्रधानमन्त्री खड्काले परम्परागत शैलीमा काम गरेर चमत्कारिक परिणाम दिन नसकिने भएकाले काम गर्ने शैलीमा आधुनिकिरण गर्न पनि नेपाली सेनालाई निर्देशन दिए । 

साथै खड्काले देश, जनताको हित र मुलुकको प्रगति हुने निर्णय लागि कलम चलाउन कोही पनि डराउन नहुने बताएका छन् । 

यसमा निर्णय गर्ने अधिकारी देखि काम गर्ने ठेकेदारसम्मले कुनैपनि बाहनामा ढिला सुस्ती गरे त्यसमा सरकार कडाइका साथ जाने पनि उपप्रधानमन्त्री खड्काले प्रष्ट पारे । 

उपप्रधानमन्त्री खड्काले हरेक पटक कलम चलाउदा केवल देश जनताको हित, प्रगति मात्र ध्यानमा राखेर काम गरे कुनै पनि निर्णय गर्ने अधिकारीले कलम चलाउन डराउन नपर्ने बताएका हुन् । 

कुनैपनि काम गर्दै स्वार्थ, लोभ र डरबाट मुक्त भएर काम गर्न निर्देशन समेत दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...