नेभिगेशन
सबै कुरा

तराई–मधेस द्रुतमार्ग निर्माणमा ढिलाई नगर्न सेनालाई उपप्रधानमन्त्री खड्काकाे निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तराई–मधेस द्रुतमार्ग नेपाली सेना र नेपालकै लागि प्रतिष्ठाको विषय भएकाले यसलाई समयमै सम्पन्न गर्ने विषयमा कुनै सम्झौता गर्न नसकिने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रक्षामन्त्रालयमा भएको त्रैमासिक समीक्षा बैठकमा उपप्रधानमन्त्री खड्काले भने, “फाष्ट ट्रयाकको काम तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता हुन सक्दैन, कहीँ कतै काममा अवरोध हुने समस्या आए तुरुन्त समाधान गर्न सरकार तयार छ ।” 

Extreme Energy

अहिलेसम्म विकास निर्माणले गति लिन नसकेको विषयमा सबैले जिम्मेवारी लिनुपर्ने भन्दै उपप्रधानमन्त्री खड्काले परम्परागत शैलीमा काम गरेर चमत्कारिक परिणाम दिन नसकिने भएकाले काम गर्ने शैलीमा आधुनिकिरण गर्न पनि नेपाली सेनालाई निर्देशन दिए । 

साथै खड्काले देश, जनताको हित र मुलुकको प्रगति हुने निर्णय लागि कलम चलाउन कोही पनि डराउन नहुने बताएका छन् । 

यसमा निर्णय गर्ने अधिकारी देखि काम गर्ने ठेकेदारसम्मले कुनैपनि बाहनामा ढिला सुस्ती गरे त्यसमा सरकार कडाइका साथ जाने पनि उपप्रधानमन्त्री खड्काले प्रष्ट पारे । 

उपप्रधानमन्त्री खड्काले हरेक पटक कलम चलाउदा केवल देश जनताको हित, प्रगति मात्र ध्यानमा राखेर काम गरे कुनै पनि निर्णय गर्ने अधिकारीले कलम चलाउन डराउन नपर्ने बताएका हुन् । 

कुनैपनि काम गर्दै स्वार्थ, लोभ र डरबाट मुक्त भएर काम गर्न निर्देशन समेत दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

शुभकामना सन्देशमा सभापति लामिछानेले भनेका छन्– ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले  एउटै कुरा भन्छ की हामी सक्छौं।’
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् ।