नेभिगेशन
समाज

प्रकाशित समाचार तत्काल हटाउन नेपालखबर र बिजमाण्डुलाई अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठविरुद्ध प्रकाशित सामग्री हटाउन बिजमाण्डुनेपालखबर अनलाइन सञ्चारमाध्यमलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले मंगलबार २ सञ्चारमाध्यमलाई प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धितो पत्र बोर्डका अध्यक्ष श्रेष्ठले ती अनलाइन पोर्टलहरूमा प्रकाशित समाचारहरूले आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै अदालतमा निवेदन दायर गरेका थिए। सो निवेदनउपर सुनुवाई गर्दै अदालतले उक्त समाचार तत्काल हटाउन आदेश दिएको हो । 

Ncell
Extreme Energy

‘... विभिन्न शीर्षक राखी समाचारहरु प्रकाशन गरी निवेदकको इज्जत प्रतिष्ठामा आँच पुर्याएको, बेइज्जती गर्ने तवरबाट समाचार प्रकाशन गरी निवेदकको इज्जत प्रतिष्ठामा आँच पुर्याएको, बेइज्जती गर्ने तवरबाट समाचार प्रकाशन गरेको भन्ने निवेदनसाथ संलग्न विभिन्न मितिमा प्रकाशित समाचार समेतबाट देखिँदा निवेदकलाई हुन सक्ने अपूरणीय क्षति र सुविधा सन्तुलन समेतको दृष्टिकोणबाट विपक्षीहरूलाई वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट अप्रमाणीत, तथ्यहीन समाचारहरू प्रकाशन नगर्नु,नगराउनु, प्रकाशित भएका समाचारहरू अनलाइनबाट तुरून्त हटाउन लगाउनु भनी विपक्षीहरूको नाममा जिल्ला अदालत नियमावाली २०७५ को नियम ३४(१)बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।

त्यस्तै समाचारले श्रेष्ठको प्रतिष्ठामा आँच पुगेको दाबी गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । त्यस्तै अल्पकालीन आदेशको निरन्तरता सम्बन्धी छलफलका लागि आगामी असार ४ गते को मितिमा पेशी तोकिएको छ।

समाचार हटाउने विषयमा आदेश भएपनि नेपालखबरका सम्पादक राम रावलले आफूहरुले अदालतको पत्र पाइनसकेको बताए । ‘अदालतको पत्र आइसकेको छैन । पत्र पाएपछि प्रक्रिया अघि बढाउछौँ ।’, रावलले सिधाकुरासँग भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...