नेभिगेशन
समाज

प्रकाशित समाचार तत्काल हटाउन नेपालखबर र बिजमाण्डुलाई अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठविरुद्ध प्रकाशित सामग्री हटाउन बिजमाण्डु र नेपालखबर अनलाइन सञ्चारमाध्यमलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले मंगलबार २ सञ्चारमाध्यमलाई प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धितो पत्र बोर्डका अध्यक्ष श्रेष्ठले ती अनलाइन पोर्टलहरूमा प्रकाशित समाचारहरूले आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै अदालतमा निवेदन दायर गरेका थिए। सो निवेदनउपर सुनुवाई गर्दै अदालतले उक्त समाचार तत्काल हटाउन आदेश दिएको हो । 

Extreme Energy

‘... विभिन्न शीर्षक राखी समाचारहरु प्रकाशन गरी निवेदकको इज्जत प्रतिष्ठामा आँच पुर्याएको, बेइज्जती गर्ने तवरबाट समाचार प्रकाशन गरी निवेदकको इज्जत प्रतिष्ठामा आँच पुर्याएको, बेइज्जती गर्ने तवरबाट समाचार प्रकाशन गरेको भन्ने निवेदनसाथ संलग्न विभिन्न मितिमा प्रकाशित समाचार समेतबाट देखिँदा निवेदकलाई हुन सक्ने अपूरणीय क्षति र सुविधा सन्तुलन समेतको दृष्टिकोणबाट विपक्षीहरूलाई वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट अप्रमाणीत, तथ्यहीन समाचारहरू प्रकाशन नगर्नु,नगराउनु, प्रकाशित भएका समाचारहरू अनलाइनबाट तुरून्त हटाउन लगाउनु भनी विपक्षीहरूको नाममा जिल्ला अदालत नियमावाली २०७५ को नियम ३४(१)बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।

त्यस्तै समाचारले श्रेष्ठको प्रतिष्ठामा आँच पुगेको दाबी गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । त्यस्तै अल्पकालीन आदेशको निरन्तरता सम्बन्धी छलफलका लागि आगामी असार ४ गते को मितिमा पेशी तोकिएको छ।

समाचार हटाउने विषयमा आदेश भएपनि नेपालखबरका सम्पादक राम रावलले आफूहरुले अदालतको पत्र पाइनसकेको बताए । ‘अदालतको पत्र आइसकेको छैन । पत्र पाएपछि प्रक्रिया अघि बढाउछौँ ।’, रावलले सिधाकुरासँग भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।

भर्खरै