नेभिगेशन
समाज

इजरायलद्वारा इरानमाथि भयानक हवाई आक्रमण, राजधानी तेहरान देखि न्युक्लियर भण्डारण क्षेत्र पनि निशानामा

काठमाडाैँ । शुक्रवार मध्यरातदेखि इजरायलले इरानमाथि भयानक हवाई आक्रमण सुरु गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार इजरायलले गरेको आक्रमणमा इरानका उच्च सैन्य अधिकारीसहित परमाणु कार्यक्रममा काम गर्ने वैज्ञानिकसमेत मारिएका छन् । मध्यरात सुरु भएको इजरायली आक्रमण राजधानी तेहरान र यसका सैनिक क्षेत्रहरूसहित ६ फरक फरक सहर र इरानको परमाणु भण्डारण केन्द्र रहेको क्षेत्रमा रहेको अलजजिराले उल्लेख गरेको छ । इजरायलले हमला गरेको नाटाज क्षेत्र इरानको परमाणु केन्द्र हो । 

Ncell
Extreme Energy

इरान सरकारी सञ्चार माध्यमहरूले इजरायलले इरानमाथि आक्रमण गरेको पुष्टि गरेका छन् । 

इजरायली आक्रमणमा इरान रिभोल्युशनरी गार्ड कप्र्स (आईआरजीसी) का प्रमुख हुसेन सलामीको मृत्यु पुष्टि भएको छ । 

यस्तै, इरानको परमाणु ऊर्जा सङ्गठनका पूर्वप्रमुख फिरेदून अब्बासी र तेहरानस्थित इस्लामिक स्वतन्त्र विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि मृत्यु भएको बिबिसीले जनाएको छ । 

अन्तर्राष्ट्रिय अटोमिक इनर्जी एसोसिएसनले पनि इजरायलले इरानको न्युुक्लियर साइटमा आक्रमण गरेको  पुष्टि गरेको छ । एसोसिएसनका अध्यक्ष राफेल घर्साइले इरानको नाटाज क्षेत्रमा आक्रमण भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गरेका छन्...
इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ ।
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।