नेभिगेशन
समाज

इजरायलद्वारा इरानमाथि भयानक हवाई आक्रमण, राजधानी तेहरान देखि न्युक्लियर भण्डारण क्षेत्र पनि निशानामा

काठमाडाैँ । शुक्रवार मध्यरातदेखि इजरायलले इरानमाथि भयानक हवाई आक्रमण सुरु गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार इजरायलले गरेको आक्रमणमा इरानका उच्च सैन्य अधिकारीसहित परमाणु कार्यक्रममा काम गर्ने वैज्ञानिकसमेत मारिएका छन् । मध्यरात सुरु भएको इजरायली आक्रमण राजधानी तेहरान र यसका सैनिक क्षेत्रहरूसहित ६ फरक फरक सहर र इरानको परमाणु भण्डारण केन्द्र रहेको क्षेत्रमा रहेको अलजजिराले उल्लेख गरेको छ । इजरायलले हमला गरेको नाटाज क्षेत्र इरानको परमाणु केन्द्र हो । 

Extreme Energy

इरान सरकारी सञ्चार माध्यमहरूले इजरायलले इरानमाथि आक्रमण गरेको पुष्टि गरेका छन् । 

इजरायली आक्रमणमा इरान रिभोल्युशनरी गार्ड कप्र्स (आईआरजीसी) का प्रमुख हुसेन सलामीको मृत्यु पुष्टि भएको छ । 

यस्तै, इरानको परमाणु ऊर्जा सङ्गठनका पूर्वप्रमुख फिरेदून अब्बासी र तेहरानस्थित इस्लामिक स्वतन्त्र विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि मृत्यु भएको बिबिसीले जनाएको छ । 

अन्तर्राष्ट्रिय अटोमिक इनर्जी एसोसिएसनले पनि इजरायलले इरानको न्युुक्लियर साइटमा आक्रमण गरेको  पुष्टि गरेको छ । एसोसिएसनका अध्यक्ष राफेल घर्साइले इरानको नाटाज क्षेत्रमा आक्रमण भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

तेहरानकाे व्यस्त तजरिश स्क्वायरमा एक कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेका छन् । याे भिडिओ सरकारले नै बनाएर प्रदर्शनमा राखेकाे...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...

भर्खरै