नेभिगेशन
समाज

केदारनाथ नजिक गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, २ वर्षीय बालकसहित ७ जनाको मृत्यु

भारत । आइतबार केदारनाथ नजिक गौरीकुण्डमा एक हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जनाको मृत्यु भएको छ। बिहान करिब ५ः २० बजे भएको सो दुर्घटनामा २ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो । 
केदारनाथ मन्दिरबाट श्रद्धालुहरू लिएर गौरीकुण्डतर्फ जाँदै गरेको आर्यन एभिएसन कम्पनीको हेलिकप्टर खराब मौसममका कारण दुर्घटना भएको जनाइएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उत्तराखण्ड सिभिल एभिएसन डेभलपमेन्ट अथोरिटीका अनुसार हेलिकप्टरमा उत्तर प्रदेश र महाराष्ट्रका २–२ जना तथा उत्तराखण्ड, राजस्थान र गुजरातका १–१ जना यात्रु सवार थिए। दुर्घटनापछि गौरीकुण्डबाट एनडीआरएफ र एसडीआरएफको उद्धार टोली खटाइएको छ । 

Ncell
Extreme Energy

यस दुर्घटनापछि चारधाम यात्रामा प्रयोग हुने हेलिकप्टर सेवामा तत्काल रोक लगाइएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टर सेवा सञ्चालनमा कडा नियम लागू गरिने बताएका छन्। उनले हेलिकप्टरको प्राविधिक स्थिति अनिवार्य जाँच गर्ने र उडानअघि मौसमसम्बन्धी सटीक जानकारी प्राप्त गर्नुपर्ने व्यवस्था लागू गरिने बताएका छन्।
– एजेन्सी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गरेका छन्...
इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ ।
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।