नेभिगेशन
मुख्य समाचार

उदयपुरको चौदण्डीगढीमा युवक र किशाेरीकाे शव फेला, घटना रहस्मय !

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक युवक र एक किशोरीको शव रहस्यमय अवस्थामा फेला परेको छ। इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका अनुसार २८ वर्षीय रविन राई र १४ वर्षीया मन्जु राई मृत अवस्थामा भेटिएका हुन् ।

बेल्टारका प्रहरी निरीक्षक (इन्सपेक्टर) बबिन राईका अनुसार बुधबार बिहान अमलचौरी गाउँको बाटोमा मन्जुको शव लडिरहेको अवस्थामा भेटिएको थियो। त्यसको झण्डै दुईसय मिटर टाढा रविनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको उनले जानकारी दिए।

CG

स्थानीयले बिहानै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजतलास गर्दा रविनको शव पनि नजिकै फेला परेको  इन्सपेक्टर राईले बताए।

रबिनको शवबाट मोबाइल समेत फेला परेको छ। मोबाइल बाट समेत केही खुल्न सक्ने भएकाले अनुसन्धान अघि बढिसकेको इन्सपेक्टर राईले बताए। मञ्जुको केही ठाउँमा कोतारिएको जस्तो देखिएको इन्सपेक्टर राईको भनाई छ।
दुवै शवको कानुनी प्रकृया पूरा गरेर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले अनुसन्धान अघि बढाइएको जानकारी दिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला...
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् ।...
हेटौंडामा बिहानैबाट भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरु

हेटौंडामा बिहानैबाट भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरु

सडक डिभिजनले ५ मंसिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसबै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो ।