नेभिगेशन
मुख्य समाचार

नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी

दाङ । प्रतिनिधि सभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी परेको छ।

बुधबार जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकमार्फत चेक अनादर सम्बन्धी जाहेरी परेपछि यसबारे छलफल भइरहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए।

CG

‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ,’ एसपी तिमिल्सिनाले भने, ‘यसबारे हामी छलफलमा छौं।’

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार, चौधरीविरुद्ध एभेरेस्ट बैंकको नाममा काटिएको ५ करोड ४० लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै जाहेरी परेको हो। उक्त जाहेरी रोल्पा निवासी ठेकेदार धात बुढामगरले दिएका हुन्।

चेक बाउन्सको कारण हस्ताक्षर नमिलेको उल्लेख गरिएको छ।

प्रहरीले जाहेरी दिने पक्षलाई सनाखतका लागि कार्यालयमा बोलाएको जनाइएको छ। हुलाकमार्फत परेको जाहेरीलाई सनाखत गर्नका लागि जाहेरवालालाई बोलाउने र त्यसपछि अनुसन्धान नियमित प्रक्रियाअनुसार अघि बढ्ने प्रहरीले जनाएको छ ।


चौधरी २०७९ सालको आम निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचनको ८५ दिन बाँकीः आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

निर्वाचनको ८५ दिन बाँकीः आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय दल दर्ता

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् ।
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ ।  लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । बुधबारको खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग बिहीबार खेल्नेछ...
आज ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस

आज ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस

नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । अन्तरराष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलले शुभकामना...