नेभिगेशन
समाज

नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी

दाङ । प्रतिनिधि सभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी परेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकमार्फत चेक अनादर सम्बन्धी जाहेरी परेपछि यसबारे छलफल भइरहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए।

Ncell
Extreme Energy

‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ,’ एसपी तिमिल्सिनाले भने, ‘यसबारे हामी छलफलमा छौं।’

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार, चौधरीविरुद्ध एभेरेस्ट बैंकको नाममा काटिएको ५ करोड ४० लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै जाहेरी परेको हो। उक्त जाहेरी रोल्पा निवासी ठेकेदार धात बुढामगरले दिएका हुन्।

चेक बाउन्सको कारण हस्ताक्षर नमिलेको उल्लेख गरिएको छ।

प्रहरीले जाहेरी दिने पक्षलाई सनाखतका लागि कार्यालयमा बोलाएको जनाइएको छ। हुलाकमार्फत परेको जाहेरीलाई सनाखत गर्नका लागि जाहेरवालालाई बोलाउने र त्यसपछि अनुसन्धान नियमित प्रक्रियाअनुसार अघि बढ्ने प्रहरीले जनाएको छ ।


चौधरी २०७९ सालको आम निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माइतीघरमा गोलभेंडा आन्दोलन

माइतीघरमा गोलभेंडा आन्दोलन

उत्पादनको उचित मूल्य नपाएको भन्दै काठमाडौँ आसपासका तरकारी उत्पादक किसानले माइतीघर मण्डलमा आज गोलभेंडा (टमाटर) सडकमै फालेर विरोध जनाएका छन् ।
सभामुखले सांसदहरूलाई दिए १५ दिने होमवर्क (पूर्णपाठ)

सभामुखले सांसदहरूलाई दिए १५ दिने होमवर्क (पूर्णपाठ)

हामी आर्थिक वर्ष २०८२–८३ को करिब अन्त्यमा आईपुगेका छौं । चालु आर्थिक वर्षमा जारी भएका राज्यका नीति तथा सम्पादन भएका कार्यक्रम, तर्जुमा गरिएका कानून र सेवा प्रवाहप्रति जनस्तरको...
प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित

‘यो बैठक साउन १४ गते विहीबार बिहान ११ बजे बस्ने गरी स्थगित हुन्छ’ सभामुख अर्यालले भने ।
श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव  गरेका थिए ।