नेभिगेशन
समाज

रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

काठमाडौँ  । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मकवानपुर जिल्लाका एसईई उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै ‘मकवानपुर स्मार्ट स्टूडेन्ट अफ द एअर २०८२’ छात्रवृत्ति कार्यक्रम पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कम्पनीले अघिल्ला वर्षहरूमा आयोजना गरेका “मकवानपुर स्मार्ट स्टूडेन्ट अफ द एअर २०८०” र “२०८१” संस्करणहरूलाई भव्य सफलता मानेर यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो। २०८१ सालमा परीक्षा दिएर २०८२ मा नतिजा प्राप्त गरेका, र ३.५ देखि ४.० GPA ल्याएका मकवानपुर जिल्लाका सबै SEE उत्तीर्ण विद्यार्थीहरू यस छात्रवृत्तिका लागि योग्य हुने रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले जनाएकाे छ।

Ncell
Extreme Energy

कार्यक्रम अन्तर्गत कुल १५ जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। जसअनुसार पहिलो स्थान प्राप्त गर्ने विद्यार्थीलाई मासिक रु. ५,०००, दोस्रो स्थानलाई रु. ३,५००, तेस्रो स्थानलाई रु. २,५००, र १२ जना सान्त्वना विजेताहरूलाई मासिक रु. १,५०० उपलब्ध गराइनेछ।

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडका अनुसार छात्रवृत्ति रकम एक वर्षसम्म मासिक रूपमा उपलब्ध गराइनेछ। कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले रिद्धि सिद्धि सिमेन्टको आधिकारिक वेबसाइट www.riddhisiddhicements.com वा फेसबुक पेज facebook.com/RiddhiSiddhicements मा रहेको QR कोड स्क्यान गरी अनलाइन आवेदन फारम बुझाउनु पर्नेछ।

आवेदन बुझाउने अन्तिम मिति असार २८, २०८२ तोकिएको छ। रिद्धि सिद्धिले यस छात्रवृत्तिमार्फत मकवानपुरका मेधावी विद्यार्थीहरूको शैक्षिक यात्रामा थप हौसला दिने विश्वास लिएको रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले जनाएकाे छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...