नेभिगेशन
समाज

रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौँ । रुपन्देही क्षेत्र नं–३ मा प्रतिनिधिसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति तोकेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको चैत १९ गते निधन भएकाले यहाँ उपनिर्वाचन हुनेभएको छ । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी भएका थिए । 

Ncell
Extreme Energy

“प्रतिनिधिसभाको कार्यकाल ६ महिना बढी अवधि बाँकी रहँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पदपूर्ति गरिनेछ,” भन्ने संविधानको धारा ८४ को उपधारा ७ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानुनी व्यवस्थाअनुसार चैत १७ गते उपनिर्वाचनको मिति तोकिएको आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अब रिक्त पदपूर्तिका लागि संविधान र निर्वाचन कानुनअनुसार तय गरिएको उपनिर्वाचन मितिअनुसार आवश्यक प्रक्रिया सञ्चालन हुनेछ । निर्वाचन आयोगले चाँडै मतदाता नामावली, उम्मेदवारी दर्ता, आचारसंहितालगायतका कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ ।

रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाको सबै वडासहित बुटवल उपमहानगरपालिका–१४, १५, १६, १७, १८ र १९, ओमसतिया गाउँपालिकाको वडा नं २, मायादेवी गाउँपालिकाको वडा नं ७ र ८, तिलोत्तमा नगपालिका–१३ र १४ तथा सियारी गाउँपालिका–१, २, ३, ६ र ७ रहेको छ । 

यसैबीच, निर्वाचन आयोगले अर्को सूचना जारी गर्दै यही असार १७ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि मतदाता नामावली दर्ता स्थगन गरेको जनाएको छ । निर्वाचनको मिति घोषणा भइसकेकाले निर्वाचन प्रक्रियाका लागि मतदाता नामावाली दर्ता नहुने व्यवस्था भएकाले नियमित रूपमा भइरहेको मतदाता नामावली अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको भनी विज्ञप्तिमा उल्लेख छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माइतीघरमा गोलभेंडा आन्दोलन

माइतीघरमा गोलभेंडा आन्दोलन

उत्पादनको उचित मूल्य नपाएको भन्दै काठमाडौँ आसपासका तरकारी उत्पादक किसानले माइतीघर मण्डलमा आज गोलभेंडा (टमाटर) सडकमै फालेर विरोध जनाएका छन् ।
सभामुखले सांसदहरूलाई दिए १५ दिने होमवर्क (पूर्णपाठ)

सभामुखले सांसदहरूलाई दिए १५ दिने होमवर्क (पूर्णपाठ)

हामी आर्थिक वर्ष २०८२–८३ को करिब अन्त्यमा आईपुगेका छौं । चालु आर्थिक वर्षमा जारी भएका राज्यका नीति तथा सम्पादन भएका कार्यक्रम, तर्जुमा गरिएका कानून र सेवा प्रवाहप्रति जनस्तरको...
प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित

‘यो बैठक साउन १४ गते विहीबार बिहान ११ बजे बस्ने गरी स्थगित हुन्छ’ सभामुख अर्यालले भने ।
श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव  गरेका थिए ।