नेभिगेशन
मुख्य समाचार

रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौँ । रुपन्देही क्षेत्र नं–३ मा प्रतिनिधिसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति तोकेको हो । 

रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको चैत १९ गते निधन भएकाले यहाँ उपनिर्वाचन हुनेभएको छ । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी भएका थिए । 

CG

“प्रतिनिधिसभाको कार्यकाल ६ महिना बढी अवधि बाँकी रहँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पदपूर्ति गरिनेछ,” भन्ने संविधानको धारा ८४ को उपधारा ७ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानुनी व्यवस्थाअनुसार चैत १७ गते उपनिर्वाचनको मिति तोकिएको आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अब रिक्त पदपूर्तिका लागि संविधान र निर्वाचन कानुनअनुसार तय गरिएको उपनिर्वाचन मितिअनुसार आवश्यक प्रक्रिया सञ्चालन हुनेछ । निर्वाचन आयोगले चाँडै मतदाता नामावली, उम्मेदवारी दर्ता, आचारसंहितालगायतका कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ ।

रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाको सबै वडासहित बुटवल उपमहानगरपालिका–१४, १५, १६, १७, १८ र १९, ओमसतिया गाउँपालिकाको वडा नं २, मायादेवी गाउँपालिकाको वडा नं ७ र ८, तिलोत्तमा नगपालिका–१३ र १४ तथा सियारी गाउँपालिका–१, २, ३, ६ र ७ रहेको छ । 

यसैबीच, निर्वाचन आयोगले अर्को सूचना जारी गर्दै यही असार १७ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि मतदाता नामावली दर्ता स्थगन गरेको जनाएको छ । निर्वाचनको मिति घोषणा भइसकेकाले निर्वाचन प्रक्रियाका लागि मतदाता नामावाली दर्ता नहुने व्यवस्था भएकाले नियमित रूपमा भइरहेको मतदाता नामावली अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको भनी विज्ञप्तिमा उल्लेख छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...