नेभिगेशन
समाज

शिक्षा समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्यालय शिक्षा विधेयकमाथि छलफल गरि पारित गर्न सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले छलफलका लागि अझै केहि समय माग गर्नुभएपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको गरिएको हो ।

Ncell
Extreme Energy

बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले पनि अहिलेको अवस्थामा नै विधेयक पारित भए कांग्रेसलाई स्वीकार्य नहुने धारणा राखेका थिए । कांग्रेस सचेतकको धारण र शिक्षामन्त्रीले छलफलका लागि समय माग गरेपछि सांसदहरुले असन्तुष्टि जनाएका थिए । तर छलफलपछि समिति सभापति अम्मर बहादुर थापाले समितिले सहमति गरेका बिषयबाट ब्याक नहुनेगरि सहमति कायम गर्न शिक्षामन्त्रीलाई आग्रह गर्दै छलफलका लागि केहि दिन बैठक स्थगित गरे ।

त्यसअघि बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विद्यालय शिक्षा विधेयक पास गर्न केही रोक्न आग्रह गरे । उनले सरकारको सहमतिबिना विधेयक पारित गर्ने अभ्यास अहिलेसम्म नरहेको बताए । कांग्रेसको समेत आग्रहमा आफुले छलफलका लागि केहि दिनको समय मागेको उनको भनाइ छ ।

त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले शिक्षकहरुसंग छलफल बाँकी नै रहेकाले अहिले विधेयक पारित नगर्न सुझाव दिएका थिए । उनले अहिले नै विधेयक पारित भए कांग्रेसलाई स्वीकार्य नहुने बताएका थिए ।
समिति सदस्यहरुले भने सोमबार नै समितिबाट विधेयक पारित गर्नुपर्ने अडान राखेका थिए । माओवादी सांसद रेखा शर्मा, एमाले सांसद विद्या भट्टराई, रास्वपा सांसद सुमना श्रेष्ठ लगाएतका सांसदहरुले सहमतिमा यसअघि भएका सहमतिलाई आधार मान्दै विधेयक अघि बढाउन माग गरेकी थिइन् । 

विधेयकमा अस्थायी, करार र राहत शिक्षकलाई आन्तरिकबाट ६० प्रतिशत र खुलाबाट ४० प्रतिशतलाई स्थायी गर्ने व्यवस्था छ । तर नेपाल शिक्षक महासंघले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुलाबाट स्थायी गर्नुपर्ने अडान राख्दै आएको छ । शिक्षामन्त्रालयले सोमबार नै गरेको वार्तामा शिक्षकहरुले आफ्नो अडान कायमै रहेको जनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...