नेभिगेशन
समाज

रौनकको शतक र विपिनको घातक बलिङमा नेपालको शानदार जित, सेमिफाइनल मलेसियासँग खेल्ने

मलेसिया । नेपाली यू–१६ क्रिकेट टोलीले एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा शानदार प्रदर्शन गर्दै समूह ए को विजेता बनेको छ। सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्वालालम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो। नेपाली ब्याट्सम्यान रौनक श्रीवास्तवले कीर्तिमानी १६८ रन बनाउँदै टिमलाई ठूलो योगफलमा पुर्‍याए। उनले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गरेका थिए। यो उमेर समूहमा नेपालको व्यक्तिगत सर्वाधिक स्कोर हो।

Extreme Energy

रौनकसँगै जय थापा ६१ रनमा अविजित रहे भने विकेटकिपर शिवांश बजगाइले ५४ रन बनाए। सुगम बुढाथोकीले ३५ रन जोड्दा ओपनर परिमार्जन यादव र प्रसिद्ध जैसी भने सस्तैमा आउट भए।

भुटानका बलर सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए।

३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानी टोली ३२।४ ओभरमै ६० रनमा अलआउट भयो। नेपालका कप्तान विपिन प्रसाद शर्माले ६ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए। सचिन भट्टले २, सुयोग भट्टराईले २ विकेट लिए।

भुटानका दुई खेलाडी सेजाङ दावा ९१४ रन० र उगेन केल्जाङ ९१० रन० मात्र दोहोरो अंकमा पुग्न सके। अन्तिम ब्याट्सम्यान मैदानमा नआएको कारण ९ विकेटमै भुटानको इनिङ समाप्त भएको घोषणा गरिएको थियो।

नेपाल समूह ए मा ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो। अब उसले बिहीबार समूह बी उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा समूह बी विजेता हङकङ र समूह ए उपविजेता सिंगापुर भिड्नेछन्।

तेस्रो स्थानको खेल र फाइनल शनिबार खेलिने कार्यक्रम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्ने बताए । कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक र अनुशासित...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।