नेभिगेशन
समाज

रौनकको शतक र विपिनको घातक बलिङमा नेपालको शानदार जित, सेमिफाइनल मलेसियासँग खेल्ने

मलेसिया । नेपाली यू–१६ क्रिकेट टोलीले एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा शानदार प्रदर्शन गर्दै समूह ए को विजेता बनेको छ। सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्वालालम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनाएको थियो। नेपाली ब्याट्सम्यान रौनक श्रीवास्तवले कीर्तिमानी १६८ रन बनाउँदै टिमलाई ठूलो योगफलमा पुर्‍याए। उनले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गरेका थिए। यो उमेर समूहमा नेपालको व्यक्तिगत सर्वाधिक स्कोर हो।

Ncell
Extreme Energy

रौनकसँगै जय थापा ६१ रनमा अविजित रहे भने विकेटकिपर शिवांश बजगाइले ५४ रन बनाए। सुगम बुढाथोकीले ३५ रन जोड्दा ओपनर परिमार्जन यादव र प्रसिद्ध जैसी भने सस्तैमा आउट भए।

भुटानका बलर सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए।

३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानी टोली ३२।४ ओभरमै ६० रनमा अलआउट भयो। नेपालका कप्तान विपिन प्रसाद शर्माले ६ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए। सचिन भट्टले २, सुयोग भट्टराईले २ विकेट लिए।

भुटानका दुई खेलाडी सेजाङ दावा ९१४ रन० र उगेन केल्जाङ ९१० रन० मात्र दोहोरो अंकमा पुग्न सके। अन्तिम ब्याट्सम्यान मैदानमा नआएको कारण ९ विकेटमै भुटानको इनिङ समाप्त भएको घोषणा गरिएको थियो।

नेपाल समूह ए मा ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो। अब उसले बिहीबार समूह बी उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा समूह बी विजेता हङकङ र समूह ए उपविजेता सिंगापुर भिड्नेछन्।

तेस्रो स्थानको खेल र फाइनल शनिबार खेलिने कार्यक्रम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।