नेभिगेशन
समाज

राष्ट्रिय सभामा टेबुल भयो सङ्घीय निजामती सेवा विधेयक

काठमाडौँ । प्रतिनिधिसभाबाट पास भएको सङ्घीय निजामती सेवा विधेयक, २०८० राष्ट्रिय सभामा पेश भएको छ । राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाबाट बहुमतले पारित भएको उक्त विधेयक राष्ट्रिय सभाको आगामी बैठकबाट छलफल र पारित प्रक्रियातर्फ प्रवेश गर्नेछ । तर राष्ट्रिय सभामा टेबुल हुनुअगावै उक्त विधेयकमा विवाद सुरु भइसकेको छ । 

Ncell
Extreme Energy

विधेयकमा समावेश गरिएको भनिएको २ वर्षे कुलिङ पिरियडमा ‘बाहेक’ शब्द राखेर छेडखानी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सो विषय सच्याउन राज्य व्यवस्था तथा शुसासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय सभाका अध्यक्षलाई पत्रसमेत लेखिसकेका छन् । 

राष्ट्रिय सभामा टेबुल भएको उक्त विधेयक विधायन समितिमा पठाउने कि सिधै सभामै छलफल गर्ने भन्ने निर्णय हुनेछ। सामान्यतः विवादास्पद वा विस्तृत छलफल आवश्यक हुने विधेयकहरू पुनः समितिमा पठाइन्छन्।

यदि विधेयक समितिमा पठाइयो भने, दफावार छलफलपछि संशोधित प्रतिवेदन सभामा फर्काइन्छ। सिधै छलफल भए पनि दफावार बहसका आधारमा पारित वा खारेज गर्ने निर्णय लिइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...