नेभिगेशन
समाज

रामहरि खतिवडालाई सांसद थानीको प्रश्न, सचिव र तपाईँबाहेक कोर टिममा को को थिए ?

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमाथि भएको विवादबारे नेपाली कांग्रेसका सांसद हृदयराम थानीले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा थानीले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरामाथि विधेयकमा ‘मनपरी र चलखेल’ गरिएको भन्दै उच्चस्तरीय संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने माग गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद थानीले समितिका सचिव सुरज दुरालाई सोधेका थिए, ‘तपाईं सचिव हो, नयाँ मान्छे होइन। यस्तो संवेदनशील विषयमा तपाईंले ठूला मान्छेको दबाबमा दफा ५ (क) राख्नुभयो कि ? नपढी सही गर्नुभयो कि ?’ 

Ncell
Extreme Energy

उनले समितिका सभापति खतिवडामाथि पनि टिप्पणी गरे। “सभापति टाठा–बाठामध्येका एक हुनुहुन्छ। तपाईंले सभामा राख्नु पर्ने विधेयकमा अन्तिम समयमा किन हेरफेर गर्नुभयो ? कोर टिममा तपाईं र सचिवबाहेक कांग्रेस र एमालेबाट को–को थिए ?” भन्दै थानीले प्रश्न गरे।

थानीले विधेयकमा गरिएको हेरफेरबारे मन्त्रीहरूलाई समेत जानकारी नदिइएकोप्रति आश्चर्य व्यक्त गरे। ‘३ जना मन्त्रीलाई पनि जानकारी नहुने ? हामीले ताली बजाएर पारित गरेको विधेयकमा अन्तिम समयमा अर्कै कुरा राखियो,’ उनले भने, ‘यसरी संसदको अपमान भएको छ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै