नेभिगेशन
समाज

रामहरि खतिवडालाई सांसद थानीको प्रश्न, सचिव र तपाईँबाहेक कोर टिममा को को थिए ?

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमाथि भएको विवादबारे नेपाली कांग्रेसका सांसद हृदयराम थानीले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा थानीले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरामाथि विधेयकमा ‘मनपरी र चलखेल’ गरिएको भन्दै उच्चस्तरीय संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने माग गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद थानीले समितिका सचिव सुरज दुरालाई सोधेका थिए, ‘तपाईं सचिव हो, नयाँ मान्छे होइन। यस्तो संवेदनशील विषयमा तपाईंले ठूला मान्छेको दबाबमा दफा ५ (क) राख्नुभयो कि ? नपढी सही गर्नुभयो कि ?’ 

Extreme Energy

उनले समितिका सभापति खतिवडामाथि पनि टिप्पणी गरे। “सभापति टाठा–बाठामध्येका एक हुनुहुन्छ। तपाईंले सभामा राख्नु पर्ने विधेयकमा अन्तिम समयमा किन हेरफेर गर्नुभयो ? कोर टिममा तपाईं र सचिवबाहेक कांग्रेस र एमालेबाट को–को थिए ?” भन्दै थानीले प्रश्न गरे।

थानीले विधेयकमा गरिएको हेरफेरबारे मन्त्रीहरूलाई समेत जानकारी नदिइएकोप्रति आश्चर्य व्यक्त गरे। ‘३ जना मन्त्रीलाई पनि जानकारी नहुने ? हामीले ताली बजाएर पारित गरेको विधेयकमा अन्तिम समयमा अर्कै कुरा राखियो,’ उनले भने, ‘यसरी संसदको अपमान भएको छ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

'अर्नब' चक्रवातको देशैभरी प्रभाव : गृहले जारी गर्‍यो ९ बुँदे सर्कुलर

बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवातको प्रभावका कारण कार्तिक १२ गते (बिहीबार), कार्तिक १३ गते (शुक्रबार) र कार्तिक १४ गते (शनिबार) सबैजसो प्रदेश प्रभावित हुने पूर्वानुमान छ।
एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपुगेका छन् ।
पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पछिल्लो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ ।
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ ।