नेभिगेशन
समाज

मलेसियामाथि ९ विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा

मलेसिया । नेपाली यू–१६ क्रिकेट टोली एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ। बिहीबार सेनेङगर टर्फ क्लबमा आयोजित पहिलो सेमिफाइनल खेलमा आयोजक मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपाली टोलीले मात्र ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर परिमार्जन यादवले विस्फोटक अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ५ चौका र ५ छक्का सहित ५९ रन बनाए भने श्रीवांस बजगाईं २३ रनमा नटआउट रहे। प्रसिद्ध जैसी २ रनमा आउट भएका थिए।

Extreme Energy

त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४३.१ ओभरमा ९० रनमै समेट्न सफल भएको थियो। घरेलु टोली मलेसियाका लागि मोहम्मद फाथुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान डियाज पात्रोले १० रनको योगदान दिए। अन्य सबै ब्याटर दोहोरो अंकमा पुग्न असफल रहे।

नेपालका लागि अभय यादवले किफायती र घातक बलिङ गर्दै १० ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। शुभम खनालले १० ओभरमा ४ मेडनसहित १२ रन खर्चेर ३ विकेट हात पारे। कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १–१ विकेट लिए।

नेपाल अब शनिबार हुने फाइनल खेलमा हङकङ र सिंगापुरबीचको दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि भिड्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्ने बताए । कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक र अनुशासित...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।