नेभिगेशन
समाज

मलेसियामाथि ९ विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा

मलेसिया । नेपाली यू–१६ क्रिकेट टोली एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ। बिहीबार सेनेङगर टर्फ क्लबमा आयोजित पहिलो सेमिफाइनल खेलमा आयोजक मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपाली टोलीले मात्र ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर परिमार्जन यादवले विस्फोटक अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ५ चौका र ५ छक्का सहित ५९ रन बनाए भने श्रीवांस बजगाईं २३ रनमा नटआउट रहे। प्रसिद्ध जैसी २ रनमा आउट भएका थिए।

Ncell
Extreme Energy

त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४३.१ ओभरमा ९० रनमै समेट्न सफल भएको थियो। घरेलु टोली मलेसियाका लागि मोहम्मद फाथुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान डियाज पात्रोले १० रनको योगदान दिए। अन्य सबै ब्याटर दोहोरो अंकमा पुग्न असफल रहे।

नेपालका लागि अभय यादवले किफायती र घातक बलिङ गर्दै १० ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। शुभम खनालले १० ओभरमा ४ मेडनसहित १२ रन खर्चेर ३ विकेट हात पारे। कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १–१ विकेट लिए।

नेपाल अब शनिबार हुने फाइनल खेलमा हङकङ र सिंगापुरबीचको दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि भिड्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।