नेभिगेशन
समाज

रविको पक्षमा हस्ताक्षर गर्न पुगेका 'गोक्तेकाजी'ले भक्कानिँदै भने, ‘देश र जनताको माया गर्ने नेता तुरुन्तै छुटुन् नाट्यश्वरी’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध भएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानमा सहभागी हुन आधा दर्जन बढी कलाकारहरु पुगेका छन् । पार्टीले गैह्रीधारामा राखेको हस्ताक्षर संकलन केन्द्रमा पुगेर उनीहरुले रवि लामिछाने छिट्टै छुटुन् भन्दै हस्ताक्षर गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त अभियानमा सहभागी हुन वरिष्ठ कलाकारहरु रामचन्द अधिकारी (गोक्ते काजी), अशोक शर्मा, राजाराम पौड्याल, किरण केसी (रातामकै), खेम सेन्चुरी, खगेन्द्र लामिछाने, दीपेन्द्र के. खनाल लगायत पुगेका हुन् । 

Ncell
Extreme Energy

हस्ताक्षर अभियानमा सहभागी हुन पुगेका रामचन्द अधिकारीले भगवान पुकार्दै सत्य कुराको छानबिन गरेर रवि लामिछाने छिट्टै छुटुन् भन्ने प्रार्थना गरेका छन् । उनले भने, ‘आदरणीय सहकर्मी रवि लामिछानेज्यू, देश र जनताको माया गर्ने नेता तुरुन्तै छुटुन् नाट्यश्वरी । न्यायाधीश, प्रहरी प्रमुखहरु सबैमा सद्बुद्धि आओस् । सत्य कुराको सही छानबिन होस् । उहाँ चाँडै छुट्नुहोस ।’

त्यस्तै रवि लामिछानेले विगतमा समाजसेवा, पत्रकारितामार्फत गरेका नागरिकका हितका काम आफूहरुले नभुलेको र सोही विषयको कदर गर्दै हस्ताक्षर अभियानमा सहभागी भएको कलाकारहरुले बताए । 

रवि लामिछानेमाथि राज्यले गरेको नियोजित आक्रमणविरुद्ध देश–विदेशमा रहेका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, राजनीतिक प्रतिशोध र राज्यले गरेको संगठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्रहत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न र रवि लामिछानेविरुद्धको मुद्दा–मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुआत हो भन्ने सन्देश जनस्तरमा पुर्याउन भन्दै रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गरेको छ । 

देशभर एकैसाथ सञ्चालन गरिएको उक्त हस्ताक्षर अभियानमा सहभागी हुन कलाकर्मी, राजनीतिकर्मी, व्यवसायी तथा नागरिकहरुको भिड लाग्ने गरेको छ । 

signature-1751619241.jpg

signature-5-1751619241.jpg

signature-4-1751619239.jpg

signature-3-1751619239.jpg

signature-1-1751619237.jpg

signature-2-1751619237.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपदमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

विपदमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै