नेभिगेशन
मुख्य समाचार

रविको पक्षमा हस्ताक्षर गर्न पुगेका 'गोक्तेकाजी'ले भक्कानिँदै भने, ‘देश र जनताको माया गर्ने नेता तुरुन्तै छुटुन् नाट्यश्वरी’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध भएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानमा सहभागी हुन आधा दर्जन बढी कलाकारहरु पुगेका छन् । पार्टीले गैह्रीधारामा राखेको हस्ताक्षर संकलन केन्द्रमा पुगेर उनीहरुले रवि लामिछाने छिट्टै छुटुन् भन्दै हस्ताक्षर गरेका हुन् । 

उक्त अभियानमा सहभागी हुन वरिष्ठ कलाकारहरु रामचन्द अधिकारी (गोक्ते काजी), अशोक शर्मा, राजाराम पौड्याल, किरण केसी (रातामकै), खेम सेन्चुरी, खगेन्द्र लामिछाने, दीपेन्द्र के. खनाल लगायत पुगेका हुन् । 

CG

हस्ताक्षर अभियानमा सहभागी हुन पुगेका रामचन्द अधिकारीले भगवान पुकार्दै सत्य कुराको छानबिन गरेर रवि लामिछाने छिट्टै छुटुन् भन्ने प्रार्थना गरेका छन् । उनले भने, ‘आदरणीय सहकर्मी रवि लामिछानेज्यू, देश र जनताको माया गर्ने नेता तुरुन्तै छुटुन् नाट्यश्वरी । न्यायाधीश, प्रहरी प्रमुखहरु सबैमा सद्बुद्धि आओस् । सत्य कुराको सही छानबिन होस् । उहाँ चाँडै छुट्नुहोस ।’

त्यस्तै रवि लामिछानेले विगतमा समाजसेवा, पत्रकारितामार्फत गरेका नागरिकका हितका काम आफूहरुले नभुलेको र सोही विषयको कदर गर्दै हस्ताक्षर अभियानमा सहभागी भएको कलाकारहरुले बताए । 

रवि लामिछानेमाथि राज्यले गरेको नियोजित आक्रमणविरुद्ध देश–विदेशमा रहेका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, राजनीतिक प्रतिशोध र राज्यले गरेको संगठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्रहत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न र रवि लामिछानेविरुद्धको मुद्दा–मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुआत हो भन्ने सन्देश जनस्तरमा पुर्याउन भन्दै रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गरेको छ । 

देशभर एकैसाथ सञ्चालन गरिएको उक्त हस्ताक्षर अभियानमा सहभागी हुन कलाकर्मी, राजनीतिकर्मी, व्यवसायी तथा नागरिकहरुको भिड लाग्ने गरेको छ । 

signature-1751619241.jpg

signature-5-1751619241.jpg

signature-4-1751619239.jpg

signature-3-1751619239.jpg

signature-1-1751619237.jpg

signature-2-1751619237.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै