नेभिगेशन
समाज

पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

कपडासँग मानिसको सम्झना जोडिएको हुन्छ, नोस्टाल्जिया गाँसिएको हुन्छ। त्यसैले त लगाएको कुनै पनि कपडा हत्तपत्त फालिहाल्न मन लाग्दैन । अनि त्यसलाई घरको कुनै कुनामा थन्क्याएर राखिन्छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुरानो भएर थन्किएका कपडा सबै काम लाग्दैनन् । तर जिन्स भने काम लाग्छ । पुरानो  जिन्स कपडालाई नयाँरुप दिएर व्यवसाय गरिरहेकी छिन् २६ वर्षीया नसना बज्राचार्य ।

Ncell
Extreme Energy

तीन वर्षअघि सुरु गरेको आफ्नो ब्रान्ड Re-कृतिलाई उनले युवा पुस्तामाझ परिचित गराइरहेकी छन्। Re-कृति अपसाइकल फेसन ब्रान्ड हो, जसले पुराना जिन्सलाई पुनः प्रयोग गरी ल्यापटप स्लिभ, टोट ब्याग, पर्स, पाउच, अर्गनाइजरजस्ता उपयोगी तथा स्टाइलिस उत्पादनहरू तयार गर्छ।

अहिले यो ब्रान्डमा १३ जना जोडिएका छन्। यसमा संस्थापक नसना, एक जना प्रोडक्सन सुपरभाइजर, एक जना कटिङ र अपरेसन इन्चार्ज, एक जना सिउने स्टाफ, दुई जना मार्केटिङ इन्टर्न र सातजना होमबेस्ड टेलरहरू छन्।

Re-कृतिको बीउ नसनाले बीबीए पढ्दाको समयमा नै रोपेकी थिइन्। काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा पढ्दा पुराना वस्तुहरूको पुनः प्रयोग गर्ने आइडिया उनको मनमा आएको थियो। पछि सामाजिक उद्यमशीलताको कार्यक्रममा संलग्न हुँदै, उद्यमी साथीहरूसँग सल्लाह लिँदै उनले यो विचारलाई मूर्त रूप दिन थालिन्।

rekrit9-1751775096.jpg

Re-कृति को शाब्दिक अर्थ "Reuse, Re-purpose, Recycle" हो। "कृति"को अर्थ "कला" हो। नसना भन्छिन्, "हामीले गर्ने काम फेशन मात्र होइन, यो त सिर्जनात्मकता र सचेतनाको मिश्रण हो।"

Re-कृतिमा ग्राहकले आफ्ना जिन्स ल्याउँछन् । कहिले आफैँ आउँछन् त कहिले कम्पनीले फ्री पिक अप सेवामार्फत लैजान्छ। त्यसपछि कार्यशालामा ग्राहककै चाहना अनुसार डिजाइन हुन्छ। ट्रेसिङ, कटिङ, सिलाइ सबै काम ग्राहकको रुचिअनुसार हुन्छ। सम्पूर्ण प्रक्रिया पूरा हुन ७ देखि १० दिन लाग्छ। नसना भन्छिन्, "जब तपाईँ आफ्नै जिन्सबाट बनेको ब्याग बोक्नुहुन्छ, त्यो एउटा सामान मात्र हुँदैन, त्यो तपाईँको स्मृतिहरूसँग जोडिएको हुन्छ।"

Re-कृति ग्राहकको अर्डरमा मात्र निर्भर छैन। उनीहरूको आफ्नै डिजाइन टिमले तयार पारेका रेडिमेड ब्याग, ल्यापटप स्लीभ, टोट र पर्सहरू पनि छन्। यी सामान मेलाहरूमा, अफलाइन स्टलहरूमा र अनलाइनमार्फत बिक्री गरिन्छ।

ठहीटीस्थित अफिसमा बिहान सुरु हुने काम प्रायः ग्राहकको अर्डर अनुसार निर्धारण हुन्छ। नसना भन्छिन्, "बिहान अफिस पुगेपछि म पहिलो एक घण्टा टिमलाई काम बाँडफाँड गर्छु।" अहिले उनीसँग दुई जना इन्टर्न पनि छन् । एकले इभेन्ट र आउटरिच सम्हाल्छन् भने अर्का इन्टर्न मार्केटिङ र सेल्समा लागेका छन्।

सिउने आमाहरू कटिङ र सिलाइमा व्यस्त हुन्छन् । जटिल डिजाइनहरू प्रायः शोभा शाक्य आमाले सम्हाल्छिन्। उनले नयाँ कर्मचारीलाई तालिमसमेत दिने गर्छिन्। ''बिहान ११ बजेपछि कुनै दिन मिटिङ हुन्छ, कहिले सामान किन्न बाहिर जानुपर्छ। ३ बजेपछि अलिक समय पाउँछु, त्यसपछि रणनीति, मार्केटिङ जस्ता पक्षमा सोच्न सक्छु," नसना भन्छिन्।

रेडिमेड उत्पादन बनाउनु पर्‍यो भने ग्राहकको प्रतिक्रिया, माग र प्रचलनअनुसार डिजाइन तयार गरिन्छ। "हामीले पहिले अलि बढी सोच्थ्यौँ, अहिले बुझिसक्यौँ । ट्रेन्ड हेरेर सिधै थाल्नुपर्छ, समय खेर फाल्नु हुँदैन," उनी बताउँछिन्।

पुराना जिन्सको गुणस्तर सधैँ स्थिर नहुने भएकाले Re-कृतिले वेष्टेड स्टक लिनका लागि केही जिन्स उत्पादन गर्ने फ्याक्ट्रीहरूसँग सहकार्य गरेको छ। त्यसले उत्पादनलाई थप बलियो, टिकाउ र आकर्षक बनाएको छ। ग्राहकबाट आएको जिन्स भने ग्राहकलाई नै पहिले धुन अनुरोध गरिन्छ। यदि जिन्स थ्रिफ्ट स्टोरबाट आएको हो भने कार्यशालामै सफा गरेर प्रयोग गरिन्छ।

"सबैभन्दा धेरै अर्डर ल्यापटप स्लीभको आउँछ," नसना भन्छिन्। अतिरिक्त कम्पार्टमेन्ट र व्यक्तिगत टच भएकाले यो उत्पादन विशेष लोकप्रिय बनेको छ। ''कतिपय ग्राहकहरू विदेशबाट नेपाल फर्कंदा आफ्नो जिन्स लिएर आउँछन् र ब्याग बनाउन अर्डर गर्छन्। धेरैले भन्छन् - म एक सातामा उड्दै छु, चाँडो बनाइदिनुस्। त्यो ब्याग उनीहरूका लागि केवल स्टाइल होइन, याद पनि हो," नसना भन्छिन्।

rekrit10-1751775118.jpg
Re-कृतिले हालै केही कलेज अपसाइकल मेला आयोजना गरेको थियो। त्यहाँ विद्यार्थीहरूले आफ्ना जिन्स दिएर नयाँ उत्पादन अर्डर गरेका थिए। मेलामार्फत Re-कृतिले पुनः प्रयोगको सन्देश प्रभावकारी रूपमा पुर्‍याएको थियो। उनीहरूका उत्पादनको मूल्य ३५० देखि २००० रुपैयाँसम्म पर्छ भने अपसाइक्लिङ चार्ज १५० देखि ७५० रुपैयाँको बिचमा हुन्छ। 

Re-कृतिको कार्यशाला र अफिस ठहीटीमा रहेको छ। नसना भन्छिन्, "हामीले अफिसको स्थान ठहीटी रोज्नुको मुख्य कारण सुविधा र पहुँच हो। ठमेल, असन, न्युरोडजस्ता बजार क्षेत्रसँग नजिक भएकाले सस्तो मूल्यमा आवश्यक कपडा, सिलाइका सामग्री र अन्य कच्चा पदार्थ सजिलै उपलब्ध हुन्छन्। जसरी हामीलाई सप्लायर्सबाट सामान ल्याउन सहज छ, त्यसैगरी ग्राहकहरूलाई पनि अफिस भेट्न सजिलो हुन्छ। यो क्षेत्र आफैँमा चलायमान छ, मानिसहरूको घुइँचो हुन्छ, त्यसैले ब्रान्डको उपस्थिति बनाउन पनि ठहीटी उपयोगी स्थान हो," उनले थपिन् ।

Re-कृतिको काम प्राय: स्थानीय स्तरमै सामग्री व्यवस्थापन र निर्माणमा आधारित भएकाले बजार नजिकको स्थानले उत्पादनदेखि बिक्रीसम्मको प्रक्रिया थप प्रभावकारी बनाएको छ। नसना भन्छिन्, "हामीकहाँ जे छ, त्यसलाई माया गरौँ। सकेसम्म लामो समयसम्म उपयोग गरौँ। लुगा भनेको पुनः प्रयोग, डोनटे वा थ्रिफ्ट गरेर पनि दीगो विकल्प बन्न सक्छ। Re-love what you own । दिगोपन रोज्ने सबैभन्दा सरल र प्रभावकारी बाटो यही हो।"

rekrit7-1751775116.jpg

rekrit8-1751775116.jpg

rekrit6-1751775115.jpg

rekrit5-1751775114.jpg

Rekrit3-1751775113.jpg

rekrit4-1751775113.jpg

Rekrit2-1751775112.jpg

Rekrit-1751775112.jpg

rekrit9-1751775096.jpg

शब्द/तस्बिर: ममुन के.सी/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सोमबारभित्र ठाउँ खाली गर्न भनेपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरका सुकुम्बासी आक्रोशित (तस्बिरहरु)

सोमबारभित्र ठाउँ खाली गर्न भनेपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरका सुकुम्बासी आक्रोशित (तस्बिरहरु)

उक्त सेन्टरमा बागमती सभ्यता एकीकृत विकास समितिले त्यहाँ रहेका मानिसहरुलाई आफ्नो बैंक खाताको विवरण माग गरेको पनि छ । तर उनीहरुले सरकारले उपलब्ध गराउँने राहात नलिने भन्दै बैंक...
रास्वपा महाधिवेशनमा यस्तो छ मतदानको तयारी (तस्बिरहरु)

रास्वपा महाधिवेशनमा यस्तो छ मतदानको तयारी (तस्बिरहरु)

एक जना प्रतिनिधिलाई आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ। सोही आधारमा आज राती ८:३० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी...
विकल्प माग्दै दृष्टिविहीनहरुको धर्ना (तस्बिरहरू)

विकल्प माग्दै दृष्टिविहीनहरुको धर्ना (तस्बिरहरू)

आफुहरुलाई कुनै विकल्प नदिएर सडक पेटीबाट हटाएको भन्दै आफुहरु धर्नामा बस्नु परेको उनीहरुले बताए। त्यस्तै विकल्प नदिएसम्म सडकपेटी नछोड्ने उनीहरुले बताए।
रास्वपामा निर्वाचनः भोट माग्न व्यस्त उम्मेदवार र समर्थक (तस्बिरहरु)

रास्वपामा निर्वाचनः भोट माग्न व्यस्त उम्मेदवार र समर्थक (तस्बिरहरु)

हलभित्र चुनावको तयारी छ, बाहिर भोट माग्न भ्याइनभ्याई छ।